३९ श्रीमती, ९४ सन्तान, १४ बुहारी र ३३ नातिनातिना, हाँसीखुसी परिवार (फोटो फिचर)

३९ श्रीमती, ९४ सन्तान, १४ बुहारी र ३३ नातिनातिना, हाँसीखुसी परिवार (फोटो फिचर)

Big-Family-

भारतस्थित पूर्वोत्तर राज्य मिजोरमका ७२ वर्षीय डेज जिओना । उनको परिवारका सदस्य एउटा, दुइटा, तीन वटा हैन, १ सय ८१ जनाको छ । जिओनाले ३९ श्रीमती, ९४ सन्तान, १४ बुहारी र ३३ नातिनातिनासहित जम्बो परिवारलाई पाल्छन् ।

उनको परिवार एसियाकै सबैभन्दा ठूलो भएको ‘डेली न्युज’ ले जनाएको छ । पेसाले सिकर्मी उनको बख्तबाङ गाउँमा चारतले पक्की घर छ । जसमा सयजति कोठामा आफ्ना परिवारका सबै सदस्यलाई अटाउन भ्याएका छन् । हाँसीखुसी र मिलीजुली बस्छन् । घरका अभिभावकले अह्राएको काम गर्छन् र बाँडीचुँडी खान्छन् । सुन्दा अपत्यारिलो लागे पनि यो सत्य हो । जिओना भन्छन्, ‘मेरो पहिलो विवाह १७ वर्ष उमेरमा भएको थियो ।’ जम्बो परिवारलाई मिलाएर राख्ने गरेको एक जिज्ञासामा उनले परिवारमा सेनाको जस्तै अनुशासन रहेकाले सम्भव भएको बताए । उनकी प्रथम श्रीमतीले सबैलाई काम अह्राउने गरेकी छिन् ।

 

जिओनाको घरमा प्रतिदिन ३० किलो कुखुराको मासु, ६० किलो आलु र झन्डै ५० किलो चामलको भात पाक्ने गर्छ । यी सबैको न्यूनतम नेपाली मूल्य जोड्ने हो भने कुल रकम १३ हजार रुपैयाँ प्रतिदिन पर्न आउँछ । यसरी उनको परिवारमा वार्षिक रूपमा १ लाख ५६ हजार रुपैयाँ त खानामै खर्च हुने गर्छ । यो रकम जुटाउनु धेरैका लागि असम्भव हुन सक्छ । जिओनाले यतिका रकमको बन्दोबस्त बिनातनावै गर्ने गरेको बताउँछन् । यो खर्चमा औषधि उपचार, कपडालगायतका अन्य समावेश गरिएको छैन ।

जिओना थप्छन्, ‘म आफूलाई भाग्यशाली ठान्छु, मेरो परिवार विश्वकै सबैभन्दा ठूलो र आदर्श परिवार हो ।’ उनको परिवारबारे अर्को रोचक प्रसंग पनि अनलाइनहरूले उल्लेख गरेका छन् । त्यो हो, निर्वाचनमा सबैले एउटै उम्मेदवारलाई मतदान गर्नु । नेपालमा हाल निर्वाचनको वातावरण छ । दलैपिच्छे परिवारका सदस्यहरू विभाजित छन् । तर, उनको परिवारमा यो फिटिक्कै छैन । यो सबैका लागि मननयोग्य कुरो भइहाल्यो । जिओना भन्छन्, ‘मेरो परिवारका सबै सदस्यले हालसम्म हालसम्म एउटै व्यक्तिलाई मत दिने गर्छन् ।’ त्यसैले निर्वाचनको बेला उनको परिवारको महत्त्व झनै बढ्ने गरेको छ । यसले एकताको सन्देश पनि दिएको छ ।

खालेज टाइम्सले अनलाइन रिपोर्टहरूलाई उद्धृत गर्दै जिओना आफ्ना चार पिँढीका परिवारसँग सगोलमा बस्नु धेरैका लागि शिक्षा लिने सामग्री भएको जनाएको छ । ‘परिवार आत्मनिर्भर छ, आफूलाई चाहिने खाद्य पदार्थका लागि आफैंले मिलिजुली खेतीपाती गर्छन्,’ अनलाइनले लेखेको छ । यत्रो ठूलो परिवारलाई पाल्नु भनेको चानचुन कुरो पक्कै हैन । जिओनाको अर्को रोचक प्रसंग भनेको विवाह हो । उनले ३९ जना श्रीमती कसरी भित्र्याए ? धेरैको जिज्ञासा यही नै रहने गरेको छ ।

यसबारे उनी भन्छन्, ‘गाउँकी निर्धन महिलासँग विवाह गर्छु र तिनलाई चाहिने सबै कुरोको चाँजोपाँजो पनि मिलाउँछु । विशाल बैजनी कंक्रिटबाट निर्मित मेरो जिओना हबेलीमा नव आगन्तुक श्रीमतीलाई सबैले हाँसीखुसी स्वागत गर्छन् । सम्मान पनि ती सबैले बराबरै पाउँछन् ।

एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ