विद्युत प्राधिकरणको चरम लापरबाही, बागलुङ बिहुँमा करेण्ट लागेर दुई युवतीको मृत्यु

विद्युत प्राधिकरणको चरम लापरबाही, बागलुङ बिहुँमा करेण्ट लागेर दुई युवतीको मृत्यु

sad newss

बागलुङ । काठेखोला गाउपालिका ६ बिहुँकोटमा विद्युत करेण्ट लागेर दुई युवतीको मृत्यु भएको छ ।

आज बिहानै जंगलमा घाँस पर्सेउला लिन गएका स्थानीय २० वर्षिया निशा कँडेल र २५ वर्षिया गुमा कँडेल विहान अबेर सम्म घरमा नफर्केपछी फोन गर्दा समेत सम्पर्क नभएकाले खोज्न जाँदा बिद्युत पोल नजिकै दुबै जना मृत अवस्थामा भेट्टिएका थिए ।

यस दु:खद घटना पछी घटनास्थलको अवस्था तनावपूर्ण बनेको छ । बिद्युत प्राधिकरणको चरम लापर्बाहीका कारण दुई युवतीको मृत्यु हुन गएको भन्दै स्थानीयले मृतक महिलाहरुको शव उठाउन दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिई गएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार पारेपनि आक्रोशित जनसमूहले जबसम्म विद्युत प्राधिकरणले घटनाको जिम्मा लिँदैन तबसम्म शव उठाउन नदिने अडानमा रहेका छन् ।

धेरै पहिले देखि विद्युत पोल माथि रहेको तार अडाउने ठाउँबाट तार छुट्टिएर पोलमा छुने र त्यहाँबाट करेण्ट जमिनमा प्रवाह भएर बाटो हिँड्नेको ज्यान जानसक्ने भएकोतर्फ प्राधिकरणको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेकोले आज यस्तो दुखद घटना घट्न पुग्यो भन्दै स्थानीयहरु आक्रोशित बनेका हुन् ।

बिद्युत पोलहरु जीर्ण रहेको र प्राधिकरणले समयमै त्यस्को उचित व्यवस्थापन गर्न नसक्दा आजको दुखद घटना घटेको स्थानीयको भनाई रहेको छ ।

भरत सापकोटा/ ebaglung.com बाट साभार

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds