विप्लव नेकपाको बन्दः लेखनाथमा शंकास्पद वस्तु भेटियो, बन्दकर्ता देखिएनन्

विप्लव नेकपाको बन्दः लेखनाथमा शंकास्पद वस्तु भेटियो, बन्दकर्ता देखिएनन्

Banda

तस्विरः परिचय नेटवर्क

पोखरा । आफू विरुद्ध सरकार कडा बनेपछि यसको विरोधमा विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि प¥यो ।

निजी सवारी अन्यदिनको तुलनामा कम चलेपनि ठप्पै भने भएन । यद्यपी लामो, छोटो दुरीका कुनै पनि सार्वजनिक सवारी चलेनन् । अत्यावश्यक गाडीहरु बाहेक सार्वजनिक यातायात ठप्प रह्यो । बन्दले स्कुल तथा कलेजहरु पनि बन्द रहे । उद्योग कलकारखाना पनि चलेनन् ।

सार्वजनिक सवारी नचल्दा सर्वसाधारणले भने सास्ती व्यहोरे । गुरुङहरुको महान् चाड ट्होंटे पर्व भएकोले बन्द फिर्ता लिन आग्रह गरिएपनि नेकपाले फिर्ता लिएन । यद्यपी बस रिजर्भ नै गरेर भएपनि ट्होंटे मनाउन गुरुङहरु अघि सरे ।

तस्विरः सुदर्शन रञ्जित

नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड) लाई पक्राउ गरिएको विरोधमा आज नेपाल बन्द घोषणा गरिएको हो । उसले आजको बन्द सहित चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । प्रकाण्डको रिहाई नभएसम्म आफ्नो आन्दोलन चलिरहने सो पार्टीले जनाएको छ ।

यसैबीच, पोखराको लेखनाथ, तालचोक निजकै धर्मकाँटामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । नेपाल आर्मीको बम डिस्पोजल टोलीले नेष्ट गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

तस्विरः सन्दिप पौडेलको फेसबुकबाट

यसअघिको बन्द भन्दा आजको बन्द फरक रह्यो । यसअघिका बन्दमा बन्दकर्ता पक्राउ पर्दथे तर आज नेकपाका एक जना पनि बन्दकर्ता सकडमा देखिएनन् । मुख्य चोकहरुमा सुरक्षाकर्मी मात्र देखिन्थे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ