अन्ततः पछि हट्यो भारत, मोदीले भने – ‘विराटनगरको फिल्ड अफिस बन्द गरिनेछ’

अन्ततः पछि हट्यो भारत, मोदीले भने – ‘विराटनगरको फिल्ड अफिस बन्द गरिनेछ’

indian-flag-in-biratnagar

काठमाडौं । भारत सरकार अन्ततः पछि हटेको छ । भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ ।

२०६५ भदौ २ मा कोशीमा बाढी आएपछि उद्धार तथा राहतका लागि भन्दै स्थापना गरिएको भारतीय दूतावासको अस्थायी क्याम्प नेपाल सरकारले पटक पटक आग्रह गरे पनि हटाइएको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाअघि गरेको भारत भ्रमणका क्रममा क्याम्प हटाउन समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष आग्रह गरेका थिए ।

नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले केही भनेको थिएन । तर, जेठ ५ गते नेपाल कम्युनिष्ट पार्टीको ५ जेठमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले घोषणा गरेको तीन दिनपछि भारतले हटाउने औपचारिक जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयले क्याम्प हटाइएको र त्यसको जानकारी प्रधानमन्त्री मोदीमार्फत नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराइएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जे उद्देश्यका लागि अफिस खोलिएको थियो, त्यो पूरा भएको छ । भारत सरकारले अफिस बन्द गर्ने र कर्मचारीलाई अन्यत्र लैजाने निर्णय गरिसकेको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds