सानो छोरोको मृत्यु भएपछि बुबाले विष खाए, उपचारका लागि पोखरामा

सानो छोरोको मृत्यु भएपछि बुबाले विष खाए, उपचारका लागि पोखरामा

mrityuu

किरण श्रेष्ठ, तनहुँ । बिरामी छोरोको ज्यान गएपछि बुबाले विष सेवन गरेका छन् । तनहुँ व्यास ४ का २५ बर्षिय याकु परियारले आफ्ना चार महिने छोराको मृत्यु भएको पीडामा विष खाएका हुन् ।

बिरामी अवस्थाको छोराको उपचारको क्रममा मृत्यु भएपछि छोराको बियोगमा विष सेवनपछि उनको अवस्था गम्भिर बनेको छ ।

उपचारका लागि दमौली अस्पतालमा लगिएकोमा त्यहाँ रहेका कर्मचारी र सर्वसाधारणसंगबाट २ हजार ५ सय रूपैया संकलन गरि एम्बुलेन्सको व्यवस्था गरी थप उपचारका लागि पोखरा पठाईएको छ । हाल परियारको गण्डकी मडिकल कलेजमा उपचार भईरहेको छ ।

उनको उपचार र बालकको अन्तिम संस्कारका लागि सहयोग जुटाउने क्रम जारी छ । सहयोगका लागि पत्रकार समुन्द्र पौडेललाई ९८५६०४५८३० मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ