रामु तिमिल्सिना (राज) को ‘बितेका पल’ (भिडियो)

रामु तिमिल्सिना (राज) को ‘बितेका पल’ (भिडियो)

Screenshot (13)

पोखरा | नेपालमै  केहि गर्नुपर्छ भन्ने सोच सहित विदेशबाट फर्केका आँधीखोला गाउँपालिका-०२ स्याङ्गजाका रामु तिमिल्सिना (राज) को बितेका पल गीत सार्वजनिक भएको छ ।

कुलेन्द्र बि.क. र  देवी घर्तीको स्वर रहेको उक्त गीतमा  निशान बानियाँको  लय तथा शब्द रहेको छ । बितेका पल म्युजिक भिडियोमा मोडेलको रुपमा सारिका के.सी र रामु तिमिल्सिना (राज) को अभिनय रहेको छ ।

पानस डिजीटल प्रा.लि.ले  बजारमा ल्याएको उक्त म्युजिक भिडियोको निर्देशन समेत निशान बानियाँले  गरेका हुन् | उक्त गीतलाई सागर गौतमले छायांकन गरेका हुन् | म्युजिक भिडियोको अधिकांश छायांकन नाम्स कलेज पुरानो बानेश्वरमा गरिएको छ |

रोशन धितालको सम्पादन रहेको म्युजिक भिडियो आइतबार म्युजिक नेपालको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो |

“धेरै समयको प्रतीक्षा,मेहेनेत र दुखका साथ बितेका पल सार्वजनिक  भएको छ, अत्यन्तै खुशि छु”:- राज तिमिल्सिनाले भने |साथै उनले दर्शकरुलाई आफ्नो पहिलो म्युजिक भिडियो हेरेर सल्लाह सुझाव दिन समेत आग्रह  गरेका छन् |

हेर्नुहोस बितेका पल (म्युजिक भिडियो) :

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds