काठमाडौँ २८ फाल्गुन / हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो । हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं । जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो ।
यत्तिकैमा विमान जोडले हल्लियो। के भयो केही थाह पत्तो भएन। म विमानको झ्याल छेउमा थिए। एक्कासी ड्याम्म गरेको आवाज आयो। त्यसपछि के के भयो पत्तो नै पाइएन।
म झ्याल फोडेर बाहिर निस्के। कसले हो मलाई सिनामंगलको अस्पतालमा पुऱ्यायो। त्यहाँबाट साथीहरुले नर्भिक अस्पतालमा पुऱ्याए। मलाई घुडा र टाउकोमा चोट लागेको छ। भाग्यले बाँचे।
विमानमा १६ जना काठमाडौंका विभिन्न ट्राभल एजेन्सीका कर्मचारीहरु रहेको खुलेको छ। रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारी बसन्त बोहोरा, लक्की ट्राभल्सका कर्मचारी सनम शाक्य सहित विभिन्न १६ ट्राभल्स एजेन्सीका कर्मचारीहरु दुर्घटनाग्रस्त विमानमा यात्रारत रहेका थिए।
[बसन्त बोहोरा, रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारी] कान्तिपुरका जनकराज सापकोटाले गरेको कुराकानीमा आधारित
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु
आज लोकतन्त्र दिवस मनाइँदै
बच्चा जन्माएको डेढ घण्टापछि आमाको मृत्यु
मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु
आजको मौसम पूर्वानुमान
जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता किन नलागेको ?: कांग्रेस सभापति देउवा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग