बिपी राजमार्गमा टिप्पर आतंक, मन्त्रीकै गाडीलाई ठक्कर

बिपी राजमार्गमा टिप्पर आतंक, मन्त्रीकै गाडीलाई ठक्कर

Tipper_Atanka

काभ्रे, ५ वैशाख– हलुका खालका सवारी साधन मात्र गड्ने गरी निर्माण गरिएको बिपी राजमार्ग बालुवा र गिट्टी बोक्ने टिप्परका कारण क्षतिग्रस्त बन्दै गएको छ । टिप्परकै कारण राजमार्गमा गुड्ने अन्य साना गाडीका यात्रुहरुले ठूलै समस्या भोग्नु परेको छ ।

सर्वसाधारणले त समस्या भोगेका छन् नै संघीय सरकारका मन्त्री समेत टिप्परको आतंकबाट पीडित भएका छन् । मंगलवार बिपी राजमार्ग हुँदै महोत्तरीको बर्दिवास जान लागेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलेको गाडी टिप्परको ठक्करबाट क्षतिग्रस्त बनेको छ ।

बा ४ ख ९४८६ नम्बरको टिप्परले ठक्कर दिँदा मन्त्री पोखरेल चढ्ने बा २ झ ३३९७ नम्बरको गाडीका चालक समेत सामान्य घाइते भएका छन् । टिप्परको ठक्रबाट गाडीको अगाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

विद्यालय भर्ना अभियानसम्बन्धी कार्यक्रममा सहभागी हुन शिक्षामन्त्री पोखरेल गृहजिल्ला जान लागेकाले खाली गाडी बिपी राजमार्ग हुँदै बर्दिवास जाँदै थियो । मन्त्री भने प्लेनमार्फत् गृहजिल्ला गएकाले दुर्घटनाबाट जोगिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सहकुल थापाले मन्त्रीको गाडीलाई ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको बताए । गाडीमा भएको क्षतिको पूर्ति गरेपछि उनीहरुलाई छाडिने एसपी थापाले बताए ।लोकान्तरमा न्युज छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ