पोखराको बुलौदीमा दुर्घटना, एक वर्षभित्र तीन दुर्घटना

पोखराको बुलौदीमा दुर्घटना, एक वर्षभित्र तीन दुर्घटना

scotur-acc-bu

फाइल फोटो

पोखराको बुलौदीमा बिहीबार राती दुर्घटना भएको छ । जिरो किमि हुँदै लेकसाइडतर्फ जादै गरेको ग४प ६६९२ नम्बरको स्कुटर दुर्घटना हुदाँ एक जना गम्भिर घाईते भएका छन् ।

घाईतेको नाम र ठेगाना खुलेको छैन भने उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगेको प्रहरीले जनाएको छ । बुलौदीको ओरालो कटेपछि कुकुरलाई बचाउन खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले बताएका छन् । दुर्घटनामा परेको स्कुटको अगाडीको भागमा क्षति पुगेको छ ।

धेरै वर्ष अघि ओरालोमा ट्याक्सी दुर्घटना हुँदा चालककै ज्यान गएको थियो । गत माघ २० गते हल्नचोकबाट जिरोकिलोमिटर तर्फ गएको भेन बुलौदीमा नै दुर्घटना भएको थियो । चार जना सामान्य घाईते भएका थिए । चालकले मापसे गरेको अवस्थामा भेटिएका थिए ।

गाडी सडकको डिभाइडमा ठोकिएर करिब २० मिटर सम्म लतारीदै गएको थियो ।

यस्तै, गत वर्ष चैत २६ गते स्कुटर नै दुर्घटना हुँदा दुई किशोर गम्भिर घाईते हुन पुगेका थिए । बुलौदीमा ग१०प ८१०१ नम्बरको स्कुटर दुर्घटना हुँदा पोखरा ७ बस्दै आएका १७ वर्षिय आविष्कार पराजुली र नमस्ते चिल्ड्रेन होममा बस्ने १६ वर्षिय धिरज तामाङ घाईते भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ