बुल्दी खोलामा पुल नहुँदा हजारौंलाई समस्या, स्ववियुले व्यास न.पा.लाई ज्ञापनपत्र बुझायो

बुल्दी खोलामा पुल नहुँदा हजारौंलाई समस्या, स्ववियुले व्यास न.पा.लाई ज्ञापनपत्र बुझायो

b2

किरण श्रेष्ठ, तनहुँ ।  तनहुँको दमौली बजार नजिकै व्यास नगरपालिका वडा नम्बर १ र व्यास नगरपालिका वडा नम्बर २ अमरापुरीको बीच भागमा पर्ने बुल्दी खोला माथि पक्की पुल नहुँदा हजारौ सर्वसाधारण र विद्यार्थीहरुले निकै सास्ती बेर्होनु परेको छ । वर्षाको समयमा खोला एक्कासि बढ्ने र खोला तर्न निकै सास्ती पर्ने गरेको छ । कम लम्बाई भएपनि खोला बढेपछी बुल्दी खोला तर्न वर्षाको समयमा सर्वसाधारण र विद्यार्थीहरुले निकै सास्ती बेर्होनु परेको छ ।

दैनिक रुपमा दमौली बजार आउजाउ गर्ने सर्वसाधारण र विभिन्न कलेज तथा विद्यालयमा पढ्ने विद्यार्थीहरु लाइ सो बाटो भइ हिड्नुपर्दा समस्या पर्ने गरेको छ । उक्त स्थानमा पक्की तथा दीर्घकालीन पुल नहुँदा स-साना विद्यार्थी देखि ठुला सम्मकाले निकै समस्या बेहोर्नु परेको हो । विशेषगरी आदिकवि भानुभक्त क्याम्पस, सत्यवती मावि र निर्मल मावि लगाएतका विद्यार्थी र विद्यालय तहमा पढ्ने विद्यार्थीहरुले सास्ती बेर्होदै आएको छ ।

सोहि समस्या लाइ मध्यनजर गर्दै बुधबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आदिकवि भानुभक्त क्याम्पसले व्यास नगरपालिका लाई ज्ञापनपत्र बुझाएको छ । अधिकांश विद्यार्थी र नजिकका समुदायको नागरिकलाई परेको समस्या लाई मध्यनजर गरि सहज वातावरण एवं दीर्घकालिन व्यवस्थापनका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आदिकवि भानुभक्त क्याम्पस तनहुँले जोडदार माग गर्दै नेबिसंघ तनहुँको अग्रसरता र स्ववियुको तत्परतामा ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लाई ज्ञापनपत्र बुझाइएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आदिकवि भानुभक्त क्याम्पसकी सभापति दुर्गा भण्डारीले बताइन ।

वर्षाको समयमा बुल्दी खोला तर्न ज्यानको जोखिम रहेको र कयौ सर्वसाधारण र विद्यार्थीहरुले आफ्नो ज्यानको बाजी लगाएर तर्नु पर्ने अत्यन्त लज्जा र अवस्था रहेको ज्ञापनपत्र मार्फत व्यास नगरपालिकाका मेयर जानकारी गराइएको छ ।  व्यास नगरपालिकाको मुटु तथा दमौली बजार नजिक रहेको यस किसिमको समस्या निराकरणको लागि नगरपालिकाले तत्काल र दीर्घकालीन व्यवस्थापनाका विकल्प निकाली सहज र सल्रल ढंगबाट गर्ने व्यवस्था मिलाउनका निमित्त पहल गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आदिकवि भानुभक्त क्याम्पसको जोडदार माग रहेको ज्ञापनपत्र मार्फत बताइएको छ ।

उक्त बुल्दी खोलाको समस्या समाधान गर्नका लागि ब्यास नगरपालिका वडा नम्बर १ बाट १० लाख रुपैया र ब्यास नगरपालिकाबाट ५ लाख रुपैया गरि पन्ध्र लाख रुपैया बजेट छुट्टाइएको व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने जानकारी दिए । त्यस्तै उक्त बुल्दी खोलाको समस्या लाई गम्भिर रुपमा लिएको र छिटो भन्दा छिटो समस्या समाधान हुने समेत नगरप्रमुख न्यौपानेले बताए ।
व्यास १ बाट दमौली बजार  तथा विभिन्न बिद्यालयमा अध्ययन गर्न आउजाउ गर्न दुरिको हिसाबले नजिक,कम समय र छिटो पुग्ने हुँदा अधिकांश सर्वसाधारण बुल्दी खोलाको बाटोबाट हिड्ने गरेको छन । अन्य समयमा खोला सामान्य देखिए पनि वर्षाको समयमा खोला बढ्ने र खोला तर्न नसकिने हुदा समस्या पर्ने गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आदिकवि भानुभक्त क्याम्पसकी सचिव बसन्ती मगरले बताइन । तत्काल सहज उपाय गरि सरल तरिकाले आवातजावत गर्ने वातावरण बनाउनुपर्ने र दीर्घकालीन रुपमा पक्की पुल बनाउन पर्ने उनले बताइन ।

बुल्दी खोला तर्न विद्यार्थीलाइ सास्ती (हेर्नुहोस् पुरा भिडियो)

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ