प्रदेश ४ को मन्त्रीपरिषद् विस्तार हुँदै (को को बन्दैछन् मन्त्री?)

प्रदेश ४ को मन्त्रीपरिषद् विस्तार हुँदै (को को बन्दैछन् मन्त्री?)

mantri

पोखरा, चैत ९ । प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् विस्तार हुँदैछ । शुक्रबारका लागि मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको हो । प्रदेश ४ मा ४ जनाको मन्त्रीपरिषद् बनिसकेको छ । बाँकी ३ जनाले आज शपथ लिनेछन् ।

प्रदेश प्रमुखले उनीहरुलाई शुक्रबार शपथ खुवाउने कार्यक्रम तय भैसकेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्रीले ३ जनाको नाम पठाईसकेका छन् । नयाँ मन्त्रीमा पर्वतका सांसद विकास लम्साल, नवलपुरका रोशन गाहा मगर र म्याग्दीकी नरदेवी पुन छन् ।

लम्साललाई आर्थिक मामिला तथा योजना मन्त्री, गाहामगर सामाजिक विकास मन्त्री र पुन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बन्न लागेका हुन् । उद्योग मन्त्रालय यसअघि गोरखाका सांसद रामशरण बस्नेतले सम्हालेपनि उनलाई भौतिक विकास मन्त्री बनाएर पुनलाई उनको मन्त्रालय दिन लागिएको श्रोतको भनाई छ ।

– डिएनएनेपाल डटकमबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ