‘सूचना प्रविधिमा सबैको पहुँच आवश्यक छ’: सांसद अधिकारी, क्यान मेलामा दिपक, दीपा र जितु पनि

‘सूचना प्रविधिमा सबैको पहुँच आवश्यक छ’: सांसद अधिकारी, क्यान मेलामा दिपक, दीपा र जितु पनि

CAN-Info-tech2

गण्डक न्युज पोखरा, ४ फागुन । प्रतिनिधि सभाका सांसद रवीन्द्र अधिकारीले सूचना तथा प्रविधिको विकास बिना देशको विकास सम्भव नहुने बताएका छन् । सूचना र प्रविधि क्षेत्रमा सबैको पहुँच पु¥याउनुपर्ने उनले बताए ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ, कास्की शाखाले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरेको क्यान इन्फोटेकको शुक्रबार उद्घाटन गर्ने क्रममा अधिकारीले सूचना र प्रविधिमा आधारिता साक्षरता आवश्यक रहेकोमा जोड दिए । ‘प्रविधि विलाशिताका लागि होइन, आवश्यकताका लागि हुनुपर्छ,’ उनले भने, ‘प्रविधिको सही सदुपयोग गर्दै दुरुपयोग रोक्नुपर्छ ।’

क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै क्यान केन्द्रका अध्यक्ष हेमन्त चौरासियाले सूचना र प्रविधिलाई केन्द्र, प्रदेश र स्थानीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।

क्यानका केन्द्रीय सदस्य अरुण बंसलले मेलाले सूचना तथा प्रविधि क्षेत्रमा भएका नविनतम प्रविधि भित्र्याउन मद्दत गर्ने धारणा राखे । क्यान प्रदेश ४ का अध्यक्ष चिन्तामणि बास्तोलाले क्यान कास्कीले वर्षेनी आयोजना गर्ने इन्फोटेकमा सूचना तथा प्रविधिमा चासो राख्नेहरुको आकर्षण बढेको बताए । ला ग्राण्डी कलेजका प्रिन्सिपल किरण केसीले आइटीका विद्यार्थीका उत्पादनलाई इन्फोटेकमा प्राथमिकता दिनुपर्ने बताए ।

द्वितीय उपाध्यक्ष विश्वास भण्डारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन सचिव विकास भुर्तेलले गरेका थिए । उद्घाटन कार्यक्रममा कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपाल पनि सहभागी थिए ।

कम्प्यूटर तथा सूचना प्रविधि क्षेत्रमा भएका अत्याधुनिक एवं नविनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यले इन्फोटेक गरिएको आयोजकको भनाई छ । पोखराको नयाँबजारमा आगामी ८ गतेसम्म चल्ने मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ ।

इन्फोटेकमा रहेका प्रत्येक स्टलमा सामान खरिद गर्दा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरिने अध्यक्ष युवराज पौडेलले जानकारी दिए । साथै इन्फोटेकलाई प्रविधिमैत्री बनाउने क्रममा अनलाइनमा टिकट काट्ने व्यवस्था गरिएको छ । आइपेसँगको सहकार्यमा अनलाइनबाट टिकट काट्ने व्यवस्था गरिएको र अनलाइनमा टिकट काट्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साधारण टिकट शुल्क ५० र विद्यार्थीको टिकट शुल्क २५ रुपैयाँ तोकिएको छ ।

प्रत्येक टिकटमा फरक बारकोट प्रविधि प्रयोग गरिएको क्यान कास्कीका द्वितीय उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक रुक्मागत भण्डारी विश्वासले जानकारी दिए । ‘टिकटमा प्रत्येक दिन आकर्षक पुरस्कार व्यवस्था गरिएको छ,’ उनले भने ।प्रवेश टिकटमा ल्यापटप उपहार प्रदान गरिने क्यान कास्कीका पूर्व अध्यक्ष तथा पाण्डे कम्प्युटरका सञ्चालक गुणानिधी पाण्डेले जानकारी दिए । पाण्डे कम्प्युटरले ल्यापटप स्पोन्सर गरेको हो । इन्फोटेकको अन्तिम दिन लक्की ड्रका आधारमा भाग्यमानी दर्शकलाई ल्यापटप उपहार प्रदान गरिने पाण्डेले जानकारी दिए ।

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फरेन्स, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, कलेज स्टरीय आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं विक्री वितरण गरिने सचिव विकास भुर्तेलले जानकारी दिए ।

‘इन्फोटेकका अवसरमा पुरानो ल्यापटपलाई उचित मूल्य दिएर साटफेर गर्ने व्यवस्थासमेत गरिएको छ,’ उनले भने । इन्फोटेकको करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने भुर्तेलले बताए ।साथै उनले पोखरा लेखनाथ महानगरपालिकाका विभिन्न वडाका ६३ जना गृहिणी महिलाहरुलाई निःशुल्क आधारभुत कम्प्युटर शिक्षाको आयोजना गरिएको जानकारी दिए ।

इन्फोटेकको मुख्य प्रायोजन डिजी कमले गरेको छ भने इन एसोसिएस विथमा नेटिस, पावर्ड बाईमा के सेभेन र म्याक्याफी एन्टीभाइरस छन् । सपोर्टेट बाईमा कङगारु एजुकेशन फाउण्डेसन, डाइमण्ड स्पोन्सरमा डेल, एडिम्याक्स र क्यानोन, गोल्ड स्पोन्सरमा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, सिल्भर स्पोन्सरमा इन्सर्च इन्टरनेशनल इन्स्टिच्युट र एक्सेस एजुकेशन नेटवर्क छन् ।

बैंकिङ पार्टनरमा सनराइज बैंक, प्रिन्टिङ पार्टनरमा कोनिका मिनोल्टा, इन्टरनेट पार्टनरमा टेक माइन्ड्स नेटवर्क, पेमेन्ट पार्टनरमा आइपे, इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स, आइटी पार्टनरमा वेभसफ्ट, हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्टले साथ दिएको सहसचिव सेवक क्षितिजले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ