१४ वर्षकी छोरीलाई जबर्जस्ती गर्ने ६५ बर्षीय बाबु विरुद्ध मुद्दा दर्ता

१४ वर्षकी छोरीलाई जबर्जस्ती गर्ने ६५ बर्षीय बाबु विरुद्ध मुद्दा दर्ता

rape

अश्विन दानी, गोरखा । छोराले वृद्धा आमालाई करणी गरेको विर्सनलायक घटना सेलाउन नपाउँदै फेरि गोरखामा वृद्ध बाबुले आफ्नी छोरीलाई बलात्कार गरेको घटना बाहिरिएको छ ।

गोरखा नगरपालिका १३ का ६५ वर्षीय बाबुले १४ वर्षकी छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा आइतबार मुद्दा दर्ता भएको छ ।  उक्त वृद्धले जबर्जस्ती करणी गरेको भेटेपछि गत शुक्रबार गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

वृद्धविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत गोरखाबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको महिला तथा बालबालिका सेवा केन्द्र गोरखाकी प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन् । अनुसन्धानका क्रममा आरोपी बाबुले जबर्जस्ती करणी गरेको स्वीकारेको उनले बताईन् ।

‘बाबुले शारीरिक सम्बन्ध भएको स्वीकारेको छ’, नरालले भनिन् ‘घर लामो टहरो रहेछ । पीडित किशोरी पनि सामान्य सुस्त रहिछन्। घरमा आमा र बाबुबाहेक अरू सबै जना सुस्त मनस्थितिका रहेछन्। सबै सँगै सुत्दारहेछन्।’

प्रहरी निरीक्षक नरालले यिनलाई पटक पटक करणी गर्ने गरेको बताइन्। ‘उनकी श्रीमतीले यसो नगर भन्दा पिट्ने गरेको रहेछ । अस्ति गाउँलेले हाम्रो मझुवा प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ’, उनले भनिन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ