मुस्ताङको चिमाङ गाउँ कृषि र पर्यटक ‘हब’ को सम्भावना

मुस्ताङको चिमाङ गाउँ कृषि र पर्यटक ‘हब’ को सम्भावना

chimang (1)

सुन्दर कुमार थकाली, मुस्ताङ / स्वर्गिय कवि भुपि शेरचनको पूख्यौली जन्मथलो मुस्ताङको थाकटुकुचे पूर्वतर्फ कालिगण्डकीपारी भिरालो सतहमा अवस्थित मनोरम प्राकृतिक सुन्दरताले भरिएको नमूना चिमाङ गाउँमा पूर्वाधार बिकास भए कृषि र पर्यटक ‘हब’ को संम्भावना भएको चिमाङका स्थानीयवासी बताउँछन् ।

समून्द्री सतहदेखि करिव २७ सय ४० मिटरको उचाईमा रहेको नमूना चिवाङ गाउँमा २७ घरधुरीले बसोबास गरेका छन् ।जसमा आधाजसो थकाली र आधाजसो दलित समूदायको बस्ती छ ।स्थानीय मौलिक कलासंस्कृतिले महत्वपूर्ण मानिएको चिमाङ गाउँ स्याउँ उत्पादनको पकेट क्षेत्र मानिन्छ ।

चिमाङ बस्तीका अधिकाँश मानिस कृषि र पशुपालन व्यवसायमा आश्रित छन् ।चिमाङका स्थानीय घरधुरीले वर्षेनी स्याँउ उत्पादन गरेर वर्षेनी २ लाख देखि २० लाखसम्म आम्दानी गर्छन् ।स्याँउ खेतिका अलावा आलु,फापर,जौ,मकै,सिमी आदी जस्ता नगदेवाली उत्पादन गरेर बिक्री गर्ने गरेको चिमाङका स्थानीय किसान बिजय थकाली बताउँछन् ।उनका अनुसार कृषकले उत्पादन गरेको बस्तुको खरिद गर्न व्यापारीहरु बगैचामै धाउने गरेको सुनाए ।

बेनी/जोमसोम सडकखण्ड देखि चिमाङ गाउँसम्मको दुरी करिव ४ किलोमिटर टाढा छ ।कालिगण्डकी नदीमा मोटरेबल पुल निर्माण नहुदा स्थानीयलाई दैनिक उपभोग्य वस्तुको आयात देखि स्याँउको ढुवानीमा अशहज भईरहेको थकालीको भनाई छ ।‘भदौ र असोज महिना स्याँउ फल्ने सिजन हो।जुन बेला कालिगण्डकी नदीको वाहव बढेको हुन्छ’उनले भने‘गाउँ देखि मुख्य सडकसम्म लैजान प्रति केजी ढुवानी ५ रुपैया खर्च हुन्छ। जस कारण बजारसम्म लैजान दोहोरो खर्च पर्ने भएकाले व्यापारीहरु मारमा पर्ने गरेका छन् ।’उनले छैरो देखि चिमाङको झोलुङ्गे पुलसम्मको एरियामा मोटरेबल आवश्यक भएकाले यसलाई स्थानीयतहले यथाशिघ्र संम्वोधन गर्न आवश्यक भएको औल्याए ।

हिमालको फेदमा अवस्थित मनोरम प्राकृतिक सुन्दर गाउँ चिमाङमा धौलागिरी अवलोकनका लागि भ्यू टावर संञ्चालन गर्न सकिए पर्यटक ओईरिने चिमाङवासी बताउछन् ।चिमाङबाट सजिलै अवलोकन गर्न सकिने पश्चिमतर्फ अवस्थित धौलागिरी हिमाल र त्यस आसपासका क्षेत्र सुन्दर देखिने गर्छन् ।

जहाँबाट नियाल्दा मार्फा,टुकुचे,स्याङ,कोवाङ र नाउरीकोट मनमोहक देखिने गर्छ ।निकै पर्यटक प्रर्वधन गर्न सकिने संम्भावना भएको नमूना चिमाङ गाउँ हुदै बैकल्पिक पदमार्गमा आएका बिदेशी पर्यटक चिमाङ हुँदै सौरु,टिटी,कुञ्जो भएर पैरोथाप्ला पुग्छन् ।

स्थानीय बिजय थकालीका अनुसार चिमाङमा धौलागिरी भ्यू टावर निर्माण गर्न १० वर्षअघिदेखि सरोकारवाला समक्ष धाएको संग उल्लेख गर्दे कसैले त्यसतर्फ चाँसो नदिएको दुखेसो पोखे ।उनले छैरो÷चिमाङ जोड्ने मोटरेबल पुल निर्माण,बैकल्पिक पदमार्ग सुधार र भ्यूटावर निर्माण गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बन्ने दावी गरे ।

आर्थिक वर्ष ०७३/०७४ को विनियोजित बजेटले घरप १ नम्बर वडाले पूर्वाधार बिकासमा जोड दिएको छ ।जसअन्तर्गत चिमाङ खोला देखि गाउँ सम्म पुग्ने मालसमान ढुवानी सडकको स्तरबृद्धि थालिएको छ ।करिव ६ वर्षअघि साविक जिल्ला बिकास समितिले निर्माण गरेको उक्त मोटर बाटो केहीवर्ष अघिदेखि जीर्ण बन्दै गएको,भिरालो सतहको मोडमा सडक साँघुरो भएकाले मालसमान ढुवानी तथा उत्पादित कृषिजन्य बस्तुको निर्यातमा अशहज देखिएकाले वडासमिति तथा उपभोक्ता समितिको समन्वयमा सडक सुधारको पहल थालिएको हो ।

घरपझोङ गाउँपालिका वडा नं. १ छैरो/चिमाङको चालु आर्थिक वर्षमा विनियोजित ६० लाख बजेट मध्ये १६ लाख बाटो स्तरोन्नती र मर्मतकार्यका लागि लगानी भएको वडाअध्यक्ष आईतलाल थकालीले जानकारी दिए ।वडा मार्फत विनियोजित बजेट स्थानीय उपभोक्ता समितिको जिम्मा लगाईएको बताउदै वडाअध्यक्ष थकालीले गाउँबाट तल पर्ने चिमाङ खोला देखि गाउँ जोड्ने करिव १ हजार २ सय मिटर सडकको काम उपभोक्ता समितिले धमाधम संञ्चालन गर्दे गरेको जनाए ।

थकालीका अनुसार सडक सुधारका लागि अमित बिल्डर्सको १ डोजर र १ ब्रेकर लेजमा लिएर सडक मर्मत तथा फराकिलो बनाउनेकार्य भैईरहेको उल्लेख गरे । सडक मर्मतकार्य २० दिन खर्चिएर पूरा भएको र अब भिरालो सतहमा ग्याबिन लगाउनेकार्य बाँकी रहेको उनको भनाई छ ।

त्यस्तै छैरो र चिमाङ गाउँ जोड्ने अर्को सडकको ट्याक खोल्ने काम समेत सुरु हुने बताईएको छ ।छैरो गाउँ देखि सडक मर्मतकार्य भएको स्थान चिमाङ खोलासम्मको करिव १ हजार मिटर लामो सडक बिस्तारका लागि वडासमितिले ५ लाख रुपैया बजेट विनियोजन गरेको वडासदस्य बिनोद थकाली बताउछन् ।

उनका अनुसार छैरो आमा समूह भवन देखि चिमाङ खोलासम्मको ट्रयाक जोडेर एकै वडामा पर्ने चिमाङ र छैरो गाउँको यातायात ढुवानी शहज बनाउने प्रयास भईरहेको बताए ।त्यस्तै वडाको चालु आर्थिक वर्षको विनियोजित बजेट मध्ये स्थानीय पूर्वाधार बिकासतर्फ बजेट बाँडफाट भएको अर्का वडासदस्य आशबहादुर थकालीको भनाई छ ।

उनका अनुसार स्याँउवारी कम्पाण्ड लगाउने १५ लाख,बैकल्पिक पदमार्ग सुधार १० लाख,छैरो दलित समाजघर निर्माण १० लाख र चिवाङ दलित समाज घरको फर्निचर व्यवस्थापनमा ५० हजार छुट्याईएको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds