डुम्रे नजिकैबाट हराएको सिटिइभिटीको प्रश्नपत्र सहितको झोला एक हप्तापछि जलबिरेमा भेटियो

डुम्रे नजिकैबाट हराएको सिटिइभिटीको प्रश्नपत्र सहितको झोला एक हप्तापछि जलबिरेमा भेटियो

ctevt

तनहुँ । बन्दीपुर गाउँपालिका वडा नम्बर ४ ठुलोढुङगा (डुम्रे नजिक)बाट हराएको सिटिइभिटीको प्रश्नपत्र सहितको झोला एक हप्ता पछी व्यास १२ जलबिरेमा फेला परेको छ । गण्डकी टेक्निकल कलेज दमौलीमा गत साउन २१ गते देखी संचालन हुन लागेको सिटिइभिटी परिक्षाको प्रश्नपत्र समेतका महत्वपुर्णं कागजातहरु मध्य क्षेत्र क्षेत्रिय कार्यालय भरतपुर चितवनबाट संस्थाको कर्मचारी प्रेम चन्द्र यादबले गत साउन २० गते लिएर आउने क्रममा मोटरसाइकल दुर्घटना हुदा प्रश्नपत्र हराएको थियो ।

परीक्षाको अघिल्लो दिन प्रश्नपत्र हराएपछि देशैभरका निजी इन्स्टिच्युटमा गत २१ गते सोमबार सञ्चालन हुने प्राविधिकतर्फको प्रवेश परीक्षा स्थगित भएको थियो । सिटिइभिटीले वेबसाईटमा सूचना निकालेर परीक्षा स्थगित भएको जानकारी दिएको थियो । गत २१ गते दिउँसो २ बजे बाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र बिहानसम्म नभेटिएपछि सिटिइभिटीले वेबसाइटमा सूचना जारी गरेर परीक्षा स्थगित भएको जनाएको हो। देशैभर सीएमए, एएनएम, एग्रीकल्चर, जेटिए आदिका लागि प्रवेश परीक्षा लिने तयारी गरिएको थियो।

यादवले ग १० प ३८०५ नं.को मोटरसाईकलमा प्रश्नपत्र लिएर आउने क्रममा बिहान अन्दाजी साढे १० बजेको समयमा तनहुँको बन्दीपुर गाँउपालिका वडा नं. ४ ठुलोढुङगा स्थित पृथ्वीराजमार्ग सडकमा मोटरसाईकल पल्टी दुर्घटना हुँदा उक्त प्रश्नपत्र सहितको झोला हराएको थियो । कर्मचारी यादवले कागजताहरु हराएको भनि ईलाका प्रहरी कार्यलाय डुम्रेमा जानकारी गराएका थिए ।

उक्त कागजातहरु प्रहरी परिचालन गरी घटनास्थल समेतको एरियाहरुमा प्रश्नपत्र समेतका महत्वपुर्ण कागजातहरुको निरन्तर रुपमा खोजतलास गर्दै जादा शनिबार साँझ व्यास नगरपालिका वडा नं.१२ जलबिरे स्थित शिव मन्दिरको पेटीमा हराएको भनिएको झोला प्रहरीले फेला परेको हो । झोला र च्यातिएको प्रश्नपत्र सहितको महत्वपुर्ण कागजातहरु छरपष्ट अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त सामानहरु बरामद गरी कार्यालयमा ल्याइएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी शिद्धी बिक्रम शाहले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ