तनहुँको डुम्रेमा करेन्ट लागेर लमजुङका २१ वर्षीय कुमालको मृत्यु

तनहुँको डुम्रेमा करेन्ट लागेर लमजुङका २१ वर्षीय कुमालको मृत्यु

curent-dead

सांकेतिक तस्बिर

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ चिसापानी डुम्रेमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । विद्युतको पोलमा अप्टिकल फाइबरको काम गर्ने क्रममा करेन्ट लाग्द ती युवकको मृत्यु भएको हो ।

लमजुङको सुन्दरबजार नगरपालिका-३ हटिया घर भई हाल भानु नगरपालिका वडा नम्बर १ मा बस्दै आएका २१ बर्षीय गौरभ कुमालको बुधबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । करेन्ट लागि घाइते भएका कुमालको तल्कालै उपचारका लागि डुम्रे स्थित लक्ष्मी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि दमौली अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ