दाङबाट काठमाडौं जाँदै गरेको बस चितवनको दासढुंगामा ट्रकसँग ठोक्किदा २८ जना घाइते

दाङबाट काठमाडौं जाँदै गरेको बस चितवनको दासढुंगामा ट्रकसँग ठोक्किदा २८ जना घाइते

accident
चितवन । चितवनको दासढुंगामा बस र ट्रक जुध्दा २८ जना घाइते भएका छन् । शनिबार बिहान साढे ६ बजेतिर दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ७३३५ नम्बरको बस र मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रक ठोक्किएका थिए ।
घाइतेमध्ये २४ जनाको पुरानो मेडिकल कलेजमा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई जुगेडी प्रहरीले नियन्त्रणमा लिएको छ । फोटो : राम बहादुर धामी

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ