धादिङ महादेव बेशीमा ट्याक्टर पल्टेर किच्दा ३ वर्षे बालकको मृत्यु

धादिङ महादेव बेशीमा ट्याक्टर पल्टेर किच्दा ३ वर्षे बालकको मृत्यु

tractor

महादेववेशी । धादिङको थाक्रे स्थित समनटारमा ट्याक्टर पल्टिँदा एक नाबालकको ज्यान गएको छ ।

महादेववेशीबाट आग्राखोला तर्फ जाँदै गरेको ना ५ त ३१४० नम्बरको ट्याक्टर समनटारमा पल्टेर सोहि ट्याक्टरले किच्दा बालकको मृत्यु भएको स्थानिय पुरुषोतम थापाले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा चितवन घर भएका रमेश कुमार राई र बिमला राईका ३ वर्षिय छोरा सोहन राई रहेका छन् । बालक राई मामाघर आएका थिए । मामाघर आएको बेला उक्त दुर्घटना भएको हो ।

बिहान करिब १०ः३० बजे भएको घटना पछि प्रहरी, स्थानिय सरोकारवाला, र गाडीको व्यक्ति बसेर दोषीलाई कानुन अनुसार कारवाही र पिडीतलाई न्याय दिलाउने प्रतिवद्धता सहित पोष्टमार्टका लागि गजुरी लगिएको छ । चालक र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ ।

-नागरिकपाटी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds