‘देवचुली’ गण्डकी प्रदेशको पहिलो बाल मैत्री नगर घोषणा

‘देवचुली’ गण्डकी प्रदेशको पहिलो बाल मैत्री नगर घोषणा

devchuli (1)

कमला राना मगर, नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका गण्डकी प्रदेशकै पहिलो बाल मैत्री नगर घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पुर्ण सूचक पार गरेर शुक्रवार एक कायक्रमकाबीच परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले बालमैत्री स्थानीय तह घोषणा गरेका हुन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री ज्ञवालीले बालबालिकाले पाउनु पर्ने अधिकारलाई सरकारले प्रत्याभुत गराउन आवश्यक रहेको बताए । सरकारले आधारभुत तहसम्मका विद्यार्थीलाई निःशुल्क अध्यापन गराउन ल्याएको नीतिलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन प्रतिबद्ध रहेको समेत उनले बताए ।

नेपालको दोस्रो तथा गण्डकी प्रदेशको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको प्रति खुसि व्यक्त गर्दै उनले अव प्रदेशलाइ नै बालमैत्री बनाउन तर्फ लाग्नु पर्नेमा जोड दिए । मन्त्री ज्ञवलीले देशको विकास भनेको पुल पुलेसा तथा भौतिक संरचना मात्र नभई बालबालिका तथा महिलाहरुलाइ सुरक्षा प्रदान गरि अगाढि बढ्नु पनि रहेको बताए ।

उनले देश संघियतामा गईसकेकाले आर्थिक समृद्धिका लागि बालवालिका नै भविष्यका मुख्य कर्णधार रहेकाले उनीहरुको शिक्षा दिक्षामा सरकार तथा अभिभावक सवै लाग्न आवश्यक रहेको बताए । देवचुली नगरपालिका मात्र नभई अन्य नगरपालिका र गाउँपालिका समेत बालमैत्री नगरपालिका बनाउन केन्द्रित रहनुपर्ने भन्दै सबैको सहयोग आवश्यक रहेकोमा मन्त्री ज्ञवालीको जोड छ ।

कार्यक्रममा देवचुलि नगरपालिकाले बालमैत्रि स्थानीय शासन राष्ट्रिय रणनिति र कार्यन्वयन कार्यविधि २०६८ ले निर्दिष्ट गरेको ३९ वटा सुचकहरुका साथै थप ४ वटा स्थानीय सुचकहरु समेत निर्धारण गरी जम्मा ४३ वटै सुचकहरुमा घोषणा योग्यता हासिल गरेको बर्दघाट सुस्ता पुर्वका प्रमुख चेसराम आलेले घोषणा पत्र वाचन गरेका थिए ।

यस अघि साविकको प्रगतिनगर गा.वि.स. अन्तरगतका ५ वटा वडाहरुले सम्पुर्ण सुचकहरु पार गरि २०७० साल पौष ९ गते नेपालै पहिलो बालमैत्री नगरपालका घोषणा गरेको थियो । २०७१ बैशाख २५ गते नेपाल सरकारको निणर्यबाट साविक प्रगतिनगर, देवचुली, दिव्यपुरी गा.वि.स.हरु समावेश गरी देवचुली नगरपालीका गठन हुदाँ नेपालको पहिलो बालमैत्री गा.वि.स.को गौरवपूर्ण इतिहासको जगमा टेकेर देवचुली नगरपालीकालाई बालमैत्री नगर घोषणाको सम्पूर्ण तयारी गरी सकेको अवस्थामा २०७३ फागुन २७ गते को नेपाल सरकारको निणर्यबाट साविक रजहर गा.वि.स. समेत देवचुली नगरपालीकामा समावेश भई कार्य क्षेत्र विस्तार हुदाँ पुनः घर धुरी सर्वेक्षण देखि बालमैत्री सुचकहरु मापन गरी शुक्रवार बालमैत्री नीति , संरचना र बालसहभागिता सुनिश्चित गरेपछि संघियता पछिको पहिलो नगर घोषणा भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ