क्रिकेट रंगशालाका लागि धुर्मुस पोखरा आए, भावना घिमिरे र रवि लामिछाने साथमा (फोटो फिचर)

क्रिकेट रंगशालाका लागि धुर्मुस पोखरा आए, भावना घिमिरे र रवि लामिछाने साथमा (फोटो फिचर)

Dhurmus pokhara (2)

पोखरा, २४ चैत । क्रिकेट स्टेडियम बनाउन उपयुक्त स्थानको खोजीमा जिल्ला भ्रमणमा निस्किएका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) सहितको टोली पोखरा आईपुगेको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनका पदाधिकारीसहित धुर्मुसले आज विहान पोखरा रंगशालाभित्रको क्रिकेट मैदान अवलोकन भ्रमण गरेका छन् । टोलीले पोखरा रंगशाला भित्रको क्रिकेट मैदान निरिक्षण पछि लेखनाथस्थित क्रिकेट मैदानको लागि प्रस्ताव गरिएको पशुपति घाटको जग्गा समेत निरीक्षण गरेको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए ।

उनका अनुसार अन्तिममा हेमजामा जग्गा हेरिएको थियो । जग्गा हेर्न धुर्मुससँगै क्यानकी पुर्व सिइओ भवना घिमिरे तथा पत्रकार रवि लामिछाने पनि उपस्थित थिए ।

बिहान मुसलधारे पानी परेपछि केही ढिलो गरी पोखरा विमानस्थलमा ओर्लिएका धुर्मुस सिधै पोखरा रंगशालास्थिा क्रिकेट मैदान निरिक्षणमा पुगेका थिए । राष्ट्रिय खेलकुद परिषदले बनाएको गुरुयोजना अन्तर्गत क्रिकेट स्टेडियमको बारेमा जानकारी लिई पशुपति घाटस्थितको जग्गा निरीक्षणको लागि प्रस्थान गरेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रमुख लक्ष्मणप्रसाद योगीले बताए ।

मुलपानीको क्रिकेट मैदान सरकार आफैंले निर्माण गर्ने बताउँदै क्रिकेट स्टेडियमको लागि पोखरा जान सरकारले नै प्रस्ताव गरेको थियो । सरकारी प्रस्ताव अनुसार धुर्मुस सन्तुली फाउण्डेशनले पोखरा रंगशालास्थित क्रिकेट मैदान निरीक्षणको लागि पोखरा आउने संकेत कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्रप्रकाश गुरुङ(जिम्मी)लाई जानकारी पठाएका थिए । उनले केही दिन अघिमात्रै पोखराको क्रिकेट मैदानबाट पृष्ठभूमिमा माछापुच्छ«े हिमालको दृष्यसहितको फोटो फाउण्डेशनलाई पठाएका थिए ।

फाउण्डेशनले काठमाडौं, चितवन, हेटौडा, रुपन्देही लगायतका विभिन्न ठाँउमा मैदानको लागि आवश्यक जग्गा निरीक्षण
गरिसकेको छ । फाउण्डेशनका अध्यक्ष धुर्मुसलाई तत्कालिन पोखरा रंगशाला क्रिकेट मैदान निर्माण समितिका सदस्य एवं समाजसेवी अशोक पालिखेले क्रिकेट मैदानको बारेमा सम्पूर्ण जानकारी गराएका थिए । उनैको पहलमा राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघ(क्यान) तथा स्थानीय जनसभागिता एवं संघसंस्थाको सहयोगमा पोखरा रंगशाला क्रिकेट मैदान एक दशक अघि निर्माण गरिएको हो ।

आर्चरी मैदानले ओगट्नु अघि क्रिकेट मैदान थियो । परिषदको गुरुयोजना अनुसार क्रिकेटको लागि माथि जग्गा छुट्टाएपछि सारिएको थियो । क्रिकेट स्टेडियम निर्माण गरी पोखरालाई क्रिकेटको न्युटर्ल भेन्युको रुपमा विकास गर्ने लक्ष्य परिषदले लिएको छ । परिषदका सदस्य सचिव केशवकुमार विष्टले समेत क्रिकेटको लागि आवश्यक जग्गा खोज्न आग्रह गरेका थिए ।

जग्गा हेरिसके पछि धुर्मुसले प्राविधिकसँग सल्लाह गरी निर्णयमा पुग्ने प्रतिक्रिया दिएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सिग्देलले सुनाए । फाउण्डेशनले तीन सामुदायिक बस्ती निर्माण गरी हस्तान्तरण गरिसकेका छन् ।

समाचार श्रोतः पोखराकै पहिलो खेल सम्बन्धी न्युज पोर्टल ‘खेलाडी न्युज डटकम’
तस्विरः पत्रकार सुदर्शन रञ्जितको फेसबुकबाट ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds