डा. गोविन्द केसीको समर्थनमा तनहुँको दमौलीमा प्रदर्शन (फोटोफिचर सहित)

डा. गोविन्द केसीको समर्थनमा तनहुँको दमौलीमा प्रदर्शन (फोटोफिचर सहित)

d1

किरण श्रेष्ठ, तनहुँ ।  चिकित्सा शिक्षा सुधारको मागसहित अनसनरत डा. गोविन्द केसीको समर्थनमा तनहुँको दमौलीमा पनि प्रदर्शन भएको छ । जुम्ला पुगेर १७ दिनदेखि आमरण अनसनमा रहेका डा. केसीको स्वास्थ्य नाजुक बन्दै गइरहेको अवस्थामा उनको समर्थनमा तनहुँबासीले प्रदर्शन गरेका हुन् ।
काठमाडौंको माइतिघरमा दिनहुँ डा. केसीको पक्षमा प्रदर्शन भइरहेको छ भने जुम्लामा समेत उनको पक्षमा प्रदर्शन भएको छ । प्रदर्शनकारीले सरकार केसीको मागप्रति गम्भीर नभएको भनी आरोप लगाएका छन् । तर शिक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी चिकित्सा शिक्षा सुधारमा सरकार गम्भिर रहेको बताएको छ । डा. केसीको अनसन लम्बिदै जाँदा उनका समर्थकहरु पनि बढ्दै गएका छन् ।

सोमबार गोविन्द केसीको पक्षमा सरकारलाई दबाब दिन तनहुँका युवायुवतीहरु प्रदर्शनमा उत्रिए हुन् । तनहुँ इभेन्ट म्यानेजमेन्ट द्वारा आयोजित मिस क्विन तनहुँ २०१८ मा सहभागी प्रतियोगीहरु र आयोजक समेत उक्त प्रदर्शनमा सहभागीता जनाएका थिए । विवेकशिल साझा पार्टीका तनहुँ सम्पर्क व्यक्ति सागर घिमिरेले सो अवसरमा कविता समेत बाचन गरेका थिए । दुर्गम क्षेत्रका जनताले पनि समान र स्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भनेर डा. केसी आन्दोलनमा होमिएकाले आफ्नो समर्थन रहेको तनहुँ इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष सरिता मगरले बताइन ।

डा. केसीको आन्दोलन स्वास्थ्य सेवाको सुधारमा केन्द्रित रहेकाले सर्वसाधारणको साथ र सहयोगको खाँचो रहेको कार्यक्रमका संयोजक सागर घिमिरेले बताए। ‘डा. गोविन्द केसीले गरिब आमा र छोराछोरीले बाँच्न पाउनुपर्छ भनेर आवाज उठाउनुभएको छ, त्यसैले उहाँको आन्दोलनमा हाम्रो समर्थन छ,’ उनले गण्डकन्युज संग भने। डा. केसीको स्वास्थ्य बिग्रँदै गएकाले उनको जीवनरक्षा निम्ति दबाब सिर्जना गर्न यो विरोध कार्यक्रमलाई मंगलबार पनि निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा हामि डा. केसीको साथ छौ, डा.केसीको जिवनरक्षा गर, चिकित्सा शिक्षा ऐन पारित गर, माफिया तन्त्र अन्त्य गर, माथेमा प्रतिवेदन लागु गर, माफियाको मिसन, सिटामोलमा कमिसन लगाएतका नारा सहित प्रदर्शनमा उत्रिएका थिए ।
डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

सरकारले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । जसको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एक जना सहसचिव रहनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ