फलेवास नगरपालिकाको दोस्रो नगरसभाबाट ११ विधेयक पारित

फलेवास नगरपालिकाको दोस्रो नगरसभाबाट ११ विधेयक पारित

faleba

महेन्द्र जिसी, पर्वत । फलेवास नगरपालिकाको दोस्रो नगरसभाले ११ विषयका विधेयक पारित गरेको छ । संसदीय अभ्यासानुसार भएको नगर सभा विहीबार विहान ११ बजेदेखि साढे ३ बजेसम्म चलेको थियो ।

एकैदिन दुई पटक बसेको नगरसभाको पहिलो चरणमा नगर कार्यपालिकाका सदस्यहरुले विधेयक सभाध्यक्ष समक्ष पेश गरेका थिए ।  दोस्रो चरणमा प्रस्तुत विधेयकको टिप्पणी सहित विधेयक पारित गरेको हो । सभाले नगरपालिकाको शिक्षा विधेयक, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने विधेयक, कृषि विषय प्रबर्धन विधे

यक, न्यायिक कार्यविधि विधेयक, सार्वजनिक निजी साझेदारी सम्बन्धि विधेयक पारीत गरेको हो । यसैगरी, सभाले विधायन समिति विधेयक, सरकारी विधेय, विपद जोखीम न्युनीकरण तथा व्यवस्थापन विधेयक, नगरका सञ्चालनमा रहेका गैरसरकारी संस्था सञ्चालन तथा समन्वय विधेयक र कर विधेयक समेत पारित गरेको छ ।

सभामा कार्यपालिकासदस्यहरुले शिक्षामा गुणस्तर कायम गराउनुपर्ने, कृषि अनुदान व्यवस्थित गर्दै निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउँदै पकेट र वल्व विभाजन गरेर खेती प्रणालीमा सुधार ल्याउन आवश्यक रहेको बताए ।
कार्यपालिका सदस्य अर्जुन बहादुर कार्कीेले भुगोल अनुसार खेती पशुपंक्षी व्यवस्थापनमा सुधार ल्याउन सभामा माग गरे । सभामा न्यायिक संयोजक उपमेयर मन्जु अधिकारीले आर्थिक विधेयक र कर विधेयक पेश गरि ।

कार्यपालिका सदस्य हरिराम रेग्मीले सार्वजनीक निजी साझेदारी, विधायन र न्यायीक कार्यविधि विधेयक पेश गरे । मन बहादुर कुँवरले विपद् जोखिम विधेयक र गैर सरकारी संस्था विधेयक पेश गरे । नगरसभा मेयर पदमपाणी शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ