फरार प्रतिवादी चाम्बास बजारका लामा पक्राउ

फरार प्रतिवादी चाम्बास बजारका लामा पक्राउ

pakrau

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले फरार रहेको प्रतिवादी लाइ मंगलबार पक्राउ गरेको छ । भानु नगरपालिका वडा नं. ३ चाम्बास बजार बस्ने २८ वर्षीय चिजा भन्ने विर बहादुर लामा लाइ प्रहरीले पक्राउ गरेको हो ।

गत वैशाख २७ गते साँझ बन्दिपुर गाउँपालिका वडा नं. १ डुम्रे बजार स्थित सार्वजनिक स्थानमा प्रतिवादी लामाले भानु न.पा.वडा नं. ३ बस्ने बर्ष ३२ को धन बहादुर लामालाई बोतलले टाउकोमा प्रहार गरी घाईते बनाएका थिए ।
घाइते बनाई फरार रहेका सार्वजनिक अपराध मुद्धाका प्रतिवादी चिजा भन्ने विर बहादुर लामालाई खोजतलासको क्रममा मंगलबार प्रहरीले फेला पारी पक्राउ गरेको हो । लामा लाइ पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रनाउ सुनिल मल्लले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds