पर्वतका पुनको पोखरा फुस्रेखोलामा डुबेर मृत्यु

पर्वतका पुनको पोखरा फुस्रेखोलामा डुबेर मृत्यु

fusre kholaa

गण्डक न्युज पोखरा, ९ चैत /फुस्रे खोलामा फेरि डुबेर फेरि एक जनाले ज्यान गुमाएका छन् । पोखरा १४ सेतीदोभान स्थित फुस्रेखोलामा डुबेर शुक्रबार दिउँसो पर्वत जलजला १ बासखर्क निवासी १८ वर्षीय सन्दिप पुनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कामको सिलसिलामा पुन पोखरा आएका थिए । शुक्रबार दिउँसो अन्य दुई साथीहरुसँग पौडी खेल्न गएकोमा पुन दिउँसो साढे १ बजे डुबेका थिए । उनका साथीहरुले पौडी खेल्ने क्रममा एक्कासी डुबेको बताएको प्रहरीले जानकारी दिएको छ ।

जित बहादुर पुनका छोरा सन्दिप डुबेपछि प्रहरी घटनास्थल पुगेको थियो । आफन्त सम्पर्कमा आएपछि पोस्टमार्टमका लागि पुनको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

फुस्रेखोलामा वर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छ । प्रहरीले ठाउँ ठाउँमा चेतावनीयुक्त बोर्ड समेत राखेको थियो । फुस्रेखोलामा पौडिँदा ज्यान जानेबारे बेखबर रहेकाहरु पौडी खेल्ने क्रममा यसरी अकालमा ज्यान गुमाउने गरेका छन् ।

गत वर्ष माघ २० गते पनि काठमाण्डौं बुढानिलकण्ठ स्थित भ्याली पब्लिक स्कूलबाट भ्रमणका क्रममा पोखरा आएका बाँसबारीका १६ वर्षीय पेसल घिमिरेले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds