बसन्त र पवित्राको सालैजो गित गल्लाले बजारमा (म्युजिक भिडियो)

बसन्त र पवित्राको सालैजो गित गल्लाले बजारमा (म्युजिक भिडियो)

bb

किरण श्रेष्ठ, तनहुँ । तनहुँका लोकप्रिय युवा गायक बसन्त विश्वकर्मा र चर्चित लोकदोहोरी गायिका पवित्रा सर्तुंगे मगरको मौलिक सालैजो गीत गल्लाले हिजो आइतबार देखि बजारमा आएको छ ।

गल्लालेमा मोडल रिना थापा र सुमन थापा मगरको अभिनय रहेको छ । गल्लालेमा बसन्त बिश्वकर्माको शब्द तथा दिवान किनारको लय र एरेन्जमा रहेको छ । गीतमा बसन्त बिश्वकर्मा र पवित्रा सर्तुंगे मगरले स्वर दिएका छन ।
आशिष म्युजिक प्रा.लि. ले बजारमा ल्याएको उक्त गीतलाई मौसम हिमालीले निर्देशन गरेका हुन । उक्त गीतलाई करण चैसिरले छायांकन तथा नबिन घर्ति मगर र प्रकाश धमलाले सम्पादन गरेका हुन । एकता फिल्मसले तयार गरेको उक्त भिडियोलाई म्युजिक नेपालको युटुब च्यानलबाट आइतबार सार्बजनिक गरिएको छ । उक्त गीतको सम्पूर्ण छायांकन पर्यटकीय गाउँ घान्द्रुकमा गरिएको गायक बसन्त बिश्वकर्माले जानकारी दिए ।
“धेरै समयको प्रतीक्षा,मेहेनेत र दुखका साथ पबित्रा मगर र मेरो गितिसङ्ग्रह सालैजो गल्लाले सार्बजनिक भएको छ, अत्यन्तै खुशि छु गायक बसन्त बिश्वकर्माले भने”, “केही फास्ट बिटको गितहरु गाएको थिए तर यो मेरो पहिलो सालैजो गाउने प्रयास हो ।” जस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला, यहाहरुको सुझाबलाई मनन गर्ने छु गायक बिश्वकर्माले सामाजिक संजालमा गित शेयर गर्दै उक्त कुरा बताएका छन ।

हेर्नुस गल्लाले (म्युजिक भिडियो) :

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds