पर्वतमा दलका नेता र जनप्रतिनिधिलाई गणतन्त्र दिवस नै थाहा भएन, कार्यक्रममा कर्मचारी मात्र

पर्वतमा दलका नेता र जनप्रतिनिधिलाई गणतन्त्र दिवस नै थाहा भएन, कार्यक्रममा कर्मचारी मात्र

pabat ganatantra

महेन्द्र जिसी । पर्वतमा ११ औं गणतन्त्र दिवस मनाइरहँदा न जनप्रतिनिधि, न राजनीतिक दलका नेता, न सर्वसाधारण । मात्र कर्मचारीको सहभागिता रह्यो ।

जन आन्दोलनका शहीद गोविन्द नाथको शालिकमा माल्यार्पण गरेर दिवस मनाइयो । यसअघि गरिएको प्रभात फेरी सहितको ¥यालीमा निजामती कर्मचारी र सुरक्षा कर्मीको मात्रै सहभागिता रह्यो । दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन तथा राजनीतीक दलको बलिदानीबाट प्राप्त गणतन्त्र दिवसमा दलका प्रतिनिधि र जन प्रतिनिधिकै बेवास्ता रहनु दुर्भाग्य रहेको सर्वसाधारणको गुनासो छ ।

सामाजिक सञ्जालमा पर्वतका जनप्रतिनिधिको अनुपस्थितिलाई लिएर तितो व्यंग्य गरिएको छ । फोटो व्यवसायी राजन गुरुङले पर्वतमा मनाईएको गणतन्त्र दिवसलाई व्यंग्य गर्दै तस्वीर सहित ‘गणतन्त्र दिवस रे, न कुनै स्थानिय निकायका जनप्रतिनिधि छन् न कुनै राजनीतिक दलका प्रतिनिधि, बिचरा सरकारी नुनले झ्याँकेका कर्मचारीहरुको मात्र गणतन्त्र दिवस रहेछ’ लेखेका छन् ।

भाषणमा नेताले ज्यानको बलिदान दिएर ल्याएको गणतन्त्र भने पनि उपस्थिती नहुनुले दिवस खल्लो बनेको हो । प्रभात फेरीमा गणतन्त्रको व्यानर बोकेर कर्मचारी र सुरक्षाकर्मीले दिवस मनाए ।

राजधानीमा प्रधानमन्त्रीले गणतन्त्र कसैले सापटी नदिएको र नागरिकहरुको बलिदानले आएको उपलब्धी भएको बताईरहँदा पर्वतमा गणतन्त्र दिवस मनाउन गृह मन्त्रालयको सूचना नै ढिला आएको जिल्ला समन्वय समितिले जनाएको छ ।

स्थानीय विकास अधिकारी विष्णु प्रसाद भुसालले गृह मन्त्रालयको आदेश नै ढिला आएका कारण गणतन्त्र दिवसमा सबैलाई खबर गर्न नसकिएको बताउँदै कर्मचारीको भरमा दिवस मनाउनु परेको बताए । भुसालले गणतन्त्र दिवसमा मात्रै नभई अन्य दिवसहरुमा पनि नागरिकहरुको खासै चासो नभएको बताए । पर्वतका सात स्थानीय तह, एक समन्वय समिति र ६ राजनीतिक दल रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ