काठमाण्डौमा गोली चल्यो, गुण्डा नाइके गणेश लामा पक्राउ, चुनावमा हारेपछि पुरानै पेशामा !

काठमाण्डौमा गोली चल्यो, गुण्डा नाइके गणेश लामा पक्राउ, चुनावमा हारेपछि पुरानै पेशामा !

Ganesh-Lama

काठमाडौँ — चाइनिज पेस्तोल र ६ राउन्ड गोलीसहित प्रहरीले बुधबार राति गणेश लामालाई पक्राउ गरेको छ ।

गुण्डा नाइकेका रुपमा चिनिएका लामा यसअघि लामा यसअघि काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए ।

उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ । सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उनले विशेष अदालतबाट केही महिना अघिमात्रै सफाई पाएका थिए।

गौशालाको पशुपति भिजनमा गोली चलेको आवाज सुनेपछि प्रहरी त्यहाँ पुग्दा लामा भेटिएका थिए। यद्यपि, गोली कसैलार्इ लागेकाे छैन । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ ।

लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ । घटनाबारे विस्तृतमा बुझ्न प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेल पनि गौशला वृत्त पुगिसकेका छन् । उनले भने, ‘गोली कसैलार्इ लागेको छैन । सोधपुछ भइरहेको छ ।’

लामा भिजनमा रहेको जिम हलबाट कसरत गरेर फर्कँदै गर्दा पक्राउ परेका हुन् । पोखरेलले  भने, ‘थप अनुसन्धान सुरु गरिसकेका छौं ।’

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले लामालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको जानकारी दिए।

स्रोतः कान्तिपुर, अनलाइनखबर लगायत

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ