कोरला नाका सञ्चालन भएमा त्रिदेशीय व्यापारिक मार्ग खुल्ने

कोरला नाका सञ्चालन भएमा त्रिदेशीय व्यापारिक मार्ग खुल्ने

gap

सुन्दरकुमार थकाली. मुस्ताङ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले कोरलानाका शिघ्र संञ्चालनमा आउन सके नेपाल,भारत र चीनबीच त्रिदेशीय व्यापारिक मार्ग खुल्ने बताएका छन् ।

शनिबार मुस्ताङ आएका उनले जोमसोम नागरिक उड्यन कार्यालयको अतिबिशिष्ट कक्षमा स्थानीय पत्रकारहरु संग कुराकानी गर्दे छिमेकी देश चिन संग सिमा जोडिएको उत्तरी कोरलानाका संञ्चालनले चीन र नेपालको मात्र नभई त्रिदेशीय व्यापारीक सम्वन्ध बिस्तारमा योगदान पुग्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले यसका लागि कोरलानाकाको नियमित अनुगमन र त्यहाँ भैईरहेका प्रगतिबारेमा जानकारी तथा भईरहेका पुर्वाधार बिकासककार्यलाई छिटो भन्दा छिटो संम्पन्न गर्नु आवश्यक भएको दोहो¥याए ।


कोरलानाकालाई लक्षित गरेर सुरु गरिएको निर्माणधिन बेनी–जोमसोम र जोमसोेम– कोरला सडकलाई चाँडो भन्दा चाँडो स्तारोन्नति गर्न आफ्नो तर्फबाट प्रयास भईरहने उल्लेख गर्दे अध्यक्ष तिमिल्सिनाले कोरलानाकामा भन्सार,अध्यागमन र सुख्खाबन्दरगाह जस्ता पुर्वाधार निर्माणगरी नाका संञ्चालनमा ल्याउनु पर्ने बताए ।तिमिल्सिनाले कोरलानाका संंञ्चालनमा आउन सकेमा गण्डकी प्रदेशको मात्र नभई समग्र मुलुककै लागि दुरगामी प्रभाव पार्ने जनाए ।

मुक्तिनाथ गुरुयोजना कार्यान्वयनबारे सोधिएको प्रश्नमा अध्यक्ष तिमिल्सिनाले पर्यटन मन्त्रालयले तयार गरेको गुरुयोजनाले मुस्ताङको मात्र नभई गण्डकी प्रदेशकै धार्मिक पर्यटनमा श्रीबृद्धि हुने उल्लेख गरे ।‘मुक्तिनाथ गुरुयोजना मात्र होईन,समग्र मुस्ताङकै गुरुयोजना बन्न आवश्यक छ ।यसले खनिज पर्यटन,कृषि र धार्मिक संस्कृति बिकासमा योगदान पुग्ने छ ।’

विगतमा योजनाहरु कम बन्ने गरेको र बनेका योजनाहरु पनि समयमा संम्पन्न हुन नसकेको उल्लेख गर्दे यस्ता प्रबृद्धिहरुको अन्त्य हुनुपर्ने जिकिर गरे ।उनले बिना योजना अघि सारिएका बिकासे योजनाले समृद्धि हासिल गर्न कठिन हुने उल्लेख गर्दे यस्तो प्रबृद्धिको अन्त्यका लागि गुरुयोजना खाका सहित काम गर्नुपर्ने भएकाले कार्यान्वय प्रक्रियालाई चुस्त पार्न अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

बेनी जोमसोम सडक ढिलाई भईरहेको प्रश्नको उत्तर दिदै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले वर्षायामको मौसमले ढिलाई हुनु स्वाभाविक भएको जिकिर गरे ।उनले वर्षायामपछि सडक स्तरोन्नतिकार्य तिब्र हुने दावी गरे ।मुस्ताङ भ्रमण केका लागि भनेर सोधिएको प्रश्नमा तिमिल्सिनाले मुस्ताङ आफ्नो लागि नौलो नभएको बताए ।‘

मुस्ताङ देशकै गौरव गर्ने हिमाली जिल्ला हो ,यही सेरोफेरोमा आफ्नो राजनितिक पृष्ठभुमी देखि सबै हिसाबले भावनात्मक संम्वन्ध जोडिएको छ,’उनले भने,‘यसपटक विद्यालयको वार्षिक उत्सवका लागि उपस्थित भएको हुँ ।यहाँका समस्यालाई केन्द्रिय सरकार संग जोड्ने छु ।’

अध्यक्ष तिमिल्सिनाले शनिवारनै जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुलाई जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्न निर्देशन दिएको प्रेष सल्लाहाकार अशोक पौडेल जानकारी दिए ।पौडेलका अनुसार अध्यक्ष तिमिल्सिनाले आजै प्रशिद्ध धार्मिक तीर्थस्थल कागबेनी र मुक्तिनाथको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम छ ।

थासाङ गाउँपालिका २ कोवाङस्थित जनआदर्श अम्मरसिंह माध्यमिक बिद्यालयको आईतबार हुँने वार्षिकोत्सव समारोह उद्घाटनका लागि अध्यक्ष तिमिल्सिना मुस्ताङ आएको उनका प्रेस सल्लाहाकार अशोक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ