दमौलीमा ग्याङ फाइट: ४ जना घाइते, २ जनाको पोखरामा उपचार हुँदै

दमौलीमा ग्याङ फाइट: ४ जना घाइते, २ जनाको पोखरामा उपचार हुँदै

hos

किरण श्रेष्ठ तनहुँ, २७ फागुन / तनहुँ सदरमुकाम दमौली बजार नजिक व्यास नगरपालिका वडा नम्बर ३ शान्तिनगरमा ग्याङ फाइट भएको छ।

आइतबार साँझ दुई युवा समूह बिच डरलाग्दो झडप भएको हो । झडपमा ४ जना युवाहरू घाइते भएका छन । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गम्भीर घाइते हुनेमा रिसिङ गाउँपालिका १ झापुटारका विसन थापा र मिलन थापा रहेका छ्न । गम्भीर घाइते थापाद्वय लाई उपचारका लागी पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

त्यसैगरी, व्यास नगरपालिका वडा नम्बर ३ शान्ति नगरका अन्जन पुलामी र समीर बासीमगर सामान्य घाइते रहेको र दमौली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न शंकास्पद ५ जना युवा लाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल वरिपरि बियरका बाेतलहरु फुटेकाे तथा शान्तिनगर जाने बाटोमा रगत देखिएकाे समेत प्रहरीले जानकारी दियो । अहिले राति व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटना के कारणले भयो भन्ने खुलिनसकेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पछिल्लो समय प्रदेश नम्बर ४ को अन्य जिल्लाहरुको तुलनामा तनहुँमा  अपराधिक घटना धेरै हुने गरेको छ । तीन साता अघि पनि तनहुँको म्याग्दे गाउँपालिका थर्पुमा एउटा टोले समूहले अर्को टोले समूहमाथी आक्रमण गर्यो । शुक्लागण्डकी–५ का सञ्जु भुजेल र सञ्जिव राईलाई अर्को समूहका शुक्लगण्डकी–४ दुलेगौडाका मिलन पौडेल लगायतले आक्रमण गरेका थिए ।

फोटो : विकास खनाल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds