दमौलीमा ७७ हजार राशिको प्रथम गोरे बहादुर खपाङ्गी स्मृति कप सोमबार बाट सुरु हुदै

दमौलीमा ७७ हजार राशिको प्रथम गोरे बहादुर खपाङ्गी स्मृति कप सोमबार बाट सुरु हुदै

gore b 1

तनहुँ । नेपाल मगर युवा संघ जिल्ला समिति तनहुँको आयोजनामा प्रथम गोरे बहादुर खपाङ्गी स्मृति कप २०७५ हुने भएको छ । आगामी भदौ ११ गते सोमबार बाट तनहुँको व्यास-३ दमौली स्थित रहेको विपी बनबाटिका खेल मैदानमा हुने भएको छ ।  पुर्व महिला, बालबालिका तथा सामाजिक कल्याण मन्त्रि तथा पुर्व नेपाल मगर संघ केन्द्रिय अध्यक्ष गोरे बहादुर खपाङ्गी मगरको स्मृतिमा नेपाल मगर युवा संघ जिल्ला समिति तनहुँले प्रतियोगीताको आयोजना गर्न लागेको हो ।

आगामी सोमबार ११ गते देखी १६ गते सम्म ५ दिन सेभेन ए साइड प्रतियोगिता संचालन हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । आदिवासी तथा जनजातिको लागि मात्रै नभई पछाडी परेका सम्पूर्ण नेपालीको हकहितको लागि उल्लेखनीय योगदान पुर्याएकोले संघले नेपाल मै पहिलो पटक खपाङ्गीको स्मृतिमा उक्त प्रतियोगिता गर्न लागेको हो ।

नेपाली समाजमा युगौ देखि दमनमा पारिएका तथा शोषित आदिवासी पीडित भूमिपुत्र जनजातिलाई निद्राको अवस्थाबाट जागरुक बनाउन तथा दासताबाट उन्मुक्तिका बाटोमा डोराउन सदैव अग्रणी भूमिका खेलेका गोरे बहादुर खपाङ्गीको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । २००३ सालमा जन्मेका गोरे बहादुर खपाङ्गी मगरको दुइ वर्ष अघि मृत्यु भएको थियो । उक्त प्रतियोगितामा विजेता टिमले नगद ७७ हजार रुपैयाँ र प्रतियोगिताका उपविजेता टिमले ४० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिताको कुल खर्च ५ लाख भन्दा बढी लाग्ने आयोजकले अनुमान गरेका छ्न ।
गोरे बहादुर खपाङ्गी मगरको योगदानको कदर गर्दै तनहुँ र तनहुँका फुटबल खेलाडीहरु लाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउनुका साथै युवाहरुको कला, प्रतिभा प्रस्फुटन गराई खेलकुद क्षेत्रको विकास गर्ने उद्धेश्यका प्रतियोगिताको आयोजना गरिएको नेपाल मगर युवा संघ जिल्ला समिति तनहुँका अध्यक्ष बादल आले मगरले पत्रकार सम्मेलनमा बताए । त्यस्तै खेलको माध्यम बाट एकआपसमा सुमधुर सम्बन्ध विस्तार गरि मित्रताको भावना विकास गर्न समेत प्रतियोगिता गरिएको आलेले जानकारी दिए ।
प्रतियोगिताको दर्ता शुल्क ५ हजार ५ सय रहेको आयोजकले जनाएको छ । करिब ३० टिमको प्रतियोगिताका सहभागी हुने आयोजकको अनुमान रहेको छ । शनिबार सम्म २६ टिमको सहभागिता भैसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । जिल्लाका विभिन्न स्थानबाट विभिन्न संघ सस्था तथा युवा क्लबबाट प्रतियोगितामा सहभागी हुने मोहन रानाले जानकारी दिए । खेलको प्रचारप्रसार र व्यवस्थापनका लागी विभिन्न उप-समिति बनाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिए । आयोजकले अपेक्षा गरे भन्दा धेरै आथिक सहयोग प्राप्त गरेको कारण आयोजकले पुरस्कार राशि बढाइएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
नेपाल मगर युवा संघ जिल्ला समिति तनहुँका अध्यक्ष बादल आले मगरको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगर लगाएतकाले मन्तव्य राखेका थिए ।  कार्यक्रमको संचालन संघका सचिव रेख बहादुर थापा मगरले गरेका थिए । तनहुँको १० वटै स्थानिय तहबाट प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जानेको छ । तनहुँ बाट उत्कृष्ट खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग पुर्याउने आयोजकले जनाएको छ । खेल मैदानको सजावट यामाहा स्वरुम दमौलीले गर्नेछ । प्रतियोगितामा नवलपुर बाट समेत सहभागीता जनाएको छ । उक्त प्रतियोगिताको उद्घाटन सांसद कृष्ण कुमार श्रेष्ठ किसानले गर्ने आयोजकले जानकारी दिएको छ ।

उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता लाई पनि पुरस्कार राशि

नेपाल मगर युवा संघ जिल्ला समिति तनहुँको आयोजनामा प्रथम गोरे बहादुर खपाङ्गी स्मृति कप २०७५ मा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता लाई पनि पुरस्कार राशि दिईने भएको छ । स्व.तुल बहादुर चुमीको सम्झानामा उनको श्रीमती माया चुमिले प्रतियोगिताको उत्कृष्ट खेलाडी लाई नगद ११ हजार १ सय ११ र ट्रफी र सर्वाधिक गोलकर्ता लाई ७ हजार ७ सय ७७ र ट्रफी पनि पुरस्कार राशि प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । त्यस्तै उत्कृष्ट गोलकर्ता लाई समेत नेवा मिसा दबु प्रदेश नम्बर ४ की अध्यक्ष योगिता श्रेष्ठले ५ हजार ५ सय ५५ प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ