गोरखामा फेरि दुर्घटना, ट्रकको ठक्करबाट श्रेष्ठको ज्यान गयो

गोरखामा फेरि दुर्घटना, ट्रकको ठक्करबाट श्रेष्ठको ज्यान गयो

Accident

अश्विन दानी, गोरखा । गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

बुधबार राति छेवेटारबाट बाह्रकिलोतर्फ आउँदै गरेको ना ५ ख १४७२ नम्बरको बाह्र चक्के ट्रकको ठक्करबाट युवकको घटना स्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा २८ वर्षीय चन्द्रमान श्रेष्ठ रहेकोे ट्राफिक प्रमुख दयाराम पौडेलले जानकारी दिए । ‘ट्रक चालकलाई नियन्त्रणमा लिएका छौँ’ उनले भने ‘घटनाको बारेमा थप अनुसन्धान हुँदैछ ।’

मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याईएको भएपनि अहिलेसम्म मृतकको ठेगाना पत्ता नलागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds