गोरखाकी चेली भारतको कोठीमा

गोरखाकी चेली भारतको कोठीमा

putali

अश्विन दानी, गोरखा । गोरखा नगरपालिका ३ नारेश्वरकी पुतली (नाम परिवर्तन) भारतको कोठीमा थुनिएको जानकारी आएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

गत बैशाख १ गते देखि हराएकी छोरी अहिले भारत स्थित पञ्जाबको कोठीमा रहेको जानकारी आएको उनकी आमाले जानकारी दिईन । केही समय अघि देखि पुतलीको भारतीय युवाहरुसँग सामाजिक सञ्जालमा कुरा समेत गरिरहने उनकी आमाले बताईन ।

‘छोरीले विदेश जान्छु भनेर पासपोर्ट बनाकी थिई’ पुतलीकी आमाले रुँदै भनिन् ‘विदेश जानुपर्दैन भन्दै ज्वाईले पासपोर्ट खोसेका थिए । विदेश जान नदिएको भन्दै ज्वाई छोरीको झगडा परिरहन्थ्यो ।’

छोरीले विदेश जाने भनेर जिद्धि गर्दागर्दै अहिले भारतको कोठीमा पुगेको खबर आयो । पुतली भारत स्थित पञ्जाबको कोठीमा पुगेको भनेर उनकै साथी सोनीयाले पुतलीकी आमालाई जानकारी दिएकी हुन् । केही दिन अघि पुतलीकी आमालाई अर्की साथी ज्योती मगरले छोरी भारतमा रहेको जानकारी दिएकी थिईन् ।

‘फोन गरेर इण्डियाको कोठीमा छ खान दिँदैन रे । यातना दिन्छ रे अनि बन्द कोठामा राख्या छ रे । मार्न लागिसक्यो यहाँ बाट निकाल्नुस भन्या छ रे ।’ पुतलीकी साथी सोनीया र ज्योतीलाई उद्दृत गर्दै आमाले भनिन् ।

पुतली पञ्जाबको कोठीमा रहेको कुरा उनका साथीहरुले आमालाई शनिबार मात्रै खबर गरेका हुन् । सोनीयासँग छोरीको कसरी फोन सम्पर्क भयो भन्नेबारे आमा अनविज्ञ छिन । अहिले सोनियाको फोन स्वीच अफ रहेको छ ।

भारतमा सम्पर्क गरेर पुतलीको बारेमा कसरी जानकारी लिएको भनेर सोध्दा उनले जानकारी दिन नमानेको आमाले बताईन । केही समय अघि पुतलीले विदेश जाने भनेर भारतकै राकेश सिंहको आग्रहमा पासपोर्ट बनाएको आमाले जानकारी दिईन् ।

काठमाडौँबाट पुतली हराएपछि उनका श्रीमानले काठमाडौँ प्रहरी र माइती नेपालमा समेत खबर निबेदन दिईसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ