ग्रामिण कृषि सहकारीले कृषकको शेयरले कृषकलाई व्यवसायिक बनाउँदै 

ग्रामिण कृषि सहकारीले कृषकको शेयरले कृषकलाई व्यवसायिक बनाउँदै 

nnn

महेन्द्र जिसी, पर्वत । दुई गाई पालेर गुजारा चलाइरहेका कुश्मा नगरपालिका १० का  राम चन्द्र पौडेलले ग्रामिण कृषि सहकारी मार्फत ऋण लिएर अहिले दर्जन पुर्याएका छन् ।

गाउँमै गाई फर्म सञ्चालन गरेर उदाहरणीय कृषक बन्न सफल पौडेलले उत्पादन गरेको दुध सहकारी मार्फत नै विक्रि वितरण हुँदै आएको छ ।  अहिले दैनिक  ८५ देखि एक सय लिटरसम्म उत्पादन हुने दुधको विक्रि सहकारीले लिएपछि  पौडेललाई बजारीकरणका लागि ढुक्क भएको छ ।

सहकारी मार्फत गाईलाई चाहिने घाँस बिऊ तथा दाना चोक्कर देखि प्राविधिक सहयोग समेत हुँदै आएको बताउँदै  पौडेलले  उत्पादन गरेको दुधको समेत सहकारीले नै खरीद गरेर  बजारीकरण गर्दै आएको बताए । पौडेलले भने – गाई फर्मको मालिक बनाईदिएको सहकारीले गाईको लागि घाँस र दाना पानीको जोहो पनि सहकारीले लिएपछि काम गर्न ढुक्क भएको छु ।

यस्तै,  फलेवास नगरपालिका तीनका तरकारी कृषक केशव तिवारीले पनि ग्रामिण सहकारी मार्फत कर्जा लिएर मल बिउ सहायताले तरकारी उत्पादन गर्दै आएका छन् । यसको पनि उत्पादित तरकारीको  बजारीकरण सहकारीले नै जिम्मा लिएको छ ।  सहकारीले नै बजारीकरणको जिम्मा लिने र  सहुलियतमा कर्जा उपलब्ध गराउने भएपछि आफू जस्तै  सहकारीको सहायताले गाउँका तीस कृषक  व्यवसायिक बनेको  तिवारीले बताए ।

तिवारी र पौडेल जस्ता दुई सय कृषकहरुको शेयरमा सञ्चालित छ ग्रामीण कृषि सहकारीले  युवाहरुलाई आर्थिक उपार्जन गर्न ऋण लगानी गर्ने र उत्पादन भएका वस्तुहरुको बजारीकरण गर्दैै आएको छ । बजारमा कृषि सहकारीका नाममा व्यापार गर्नेको होड चलिरहेको बेला ग्रामिण कृषि सहकारी भने गाउँका कृषकहरुसँग हातेमालो गरेर विपन्न लक्षित समुदायमा लगानी विस्तार गर्दै गाउँका कृषकहरुलाई व्यवसायिक बनाउने आएको हो ।

सहकारीका कार्यकारी प्रमुख राजु शर्माले  कृषकहरुको शेयर मार्फत सञ्चालमा रहेको र सहकारीले कृषक माग  र उत्पादीत समाग्रीको बजारी करण गर्दै  आएको बताउनु भयो ।शर्माले  सहकारी मार्फत उत्पादन बजार र  माग लाई सम्बोधन गरेर कृर्षि पेशालाई शुनिश्चि बनाउने काम गरीरहेको बताउनु भयो ।

 २०७० सालमा तीस जना कृषकहरु संगठीत भएर  तीस  लाखको लगानीका  सञ्चालनमा रहेको सहकारीले  अहीले सम्म  दुई सय कृषकहरुलाई व्यवसायिक बनाईसहेको  छ  भने तीन करोड भन्दा बढी पुँजी निर्माण गरिसकेको  छ । किसानहरुको माग , आवश्यता र  कृषक लक्षित कार्यक्रम गर्दै  सहकारीले सञ्चालनमा  आएको  चौथो वर्षमा नै  तीन करोड पुँजी निर्माण गरेको हो ।

कृषकका नाममा सहकारी सञ्चालन गरेर व्यापार  र वाणिज्यमा लगानी  गराउने प्रचलनको विकास भईरहेको पर्वतमा  कृषिका क्षेत्रमा लगानी गरेर निर्वाहमुखी कृषकहरुलाई व्यवासायिक बनाउनेमा पहिलो सहकारी बनेको हो ।  कृषि क्षेत्रको सरकारी बजेटको सदुपयोग नभई रहेको जिल्लामा कृषकहरु नै संगठित भएर सञ्चालित सहकारीले  कृषकहरुका माग र आवश्यकतालाई  सम्बोधन गर्दै लाभान्वित कृषकहरुलाई आधुनिक कृषि प्रविधिमा लगाउने जनाएको छ ।

कृषिका नाममा  सरकारी अनुदान लिएर  व्यापारमा लगानी गर्ने सहकारीको होड चलिएरको   कुश्मा बजार  कृषककै शेयर मार्फत कृषकहरुमा लगानी गरेर  निर्वाह मुखी कृषकहरुलाई व्यवसायीक बनाउनेमा  ग्रामीण कृषि सहकारी पहिलो रहेको छ ।   कृषकहरु मार्फत  शेयर लगानी कृषि क्षेत्रमा लगानी गर्दै आएको सहकारीले अहिलेसम्म दुई सय कृषकहरुलाई  व्यवसायिक बनाईसकेको  छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ