सहाराविहीन नाबालकलाई हेप्दै सडक खनियो

सहाराविहीन नाबालकलाई हेप्दै सडक खनियो

1

पोखरा । सानैमा बाबुआमा गुमाएर टुहुरो बनेका बेसहारालाई धम्क्याउँदै सडक निर्माण गरिएको छ । उनीहरुको जग्गालाई बढी असर पुग्ने गरी वडा अध्यक्ष सहितको अगुवाईमा सडक निर्माण गरिएको गुनासो गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २१ को कृस्ति भालडाँडा मट्टीखान सडक निर्माणका क्रममा निर्माण समितिले एउटै व्यक्तिको जग्गा बढी नोक्सान हुने गरी सडक खनेको र जग्गाको बीचमै पर्ने गरी ह्युमपाईप राखेको हो ।

निर्माण समितिका सदस्यहरुले आफ्नो जग्गा जोगाउने नियतसाथ यस्तो गरेको पीडित स्थानीय १८ वर्षीय विनायक सिग्देलले बताए । ‘सानै छँदा आमाबाबु गुमायाँै । दुई दिदी र म काका र मामाको रेखदेखमा छौ’- उनले भने, ‘हामीलाई कमजोर ठानेर जग्गामा जथाभावी सडक खनिएको हो ।’

आफुहरु अन्यायमा परेको भनेर गुनासो राख्दा निर्माण समितिका अध्यक्ष र वडाध्यक्ष खगराज आचार्यको निर्देशनमा लछारपछार र धाकधम्कीसमेत दिइएको उनले बताए ।

जग्गाको बीचमा ह्युमपाइप बिच्छाउने, एकातिर लगतकट्टा गरी मेरो जग्गाबाट सडक खन्ने, विद्युतिय पोल पनि मेरै जग्गामा ल्याएर गाडिदिने गरेको उनले गुनासो गरे ।

यसैबीच, सिग्देलले शान्ति सुरक्षा कायम गरी पाउ भन्दै बुधवार स्थानीय प्रशासनमा निवेदन दिएका छन । सिग्देलका मामा अजय पराजुलीले कुराकानी गरी सडक खन्नुपर्ने भन्दाभन्दै आफुलाई पनि लछारपछार गरी जबरजस्ती डोजर चलाइएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ