कोरला नाका अविलम्ब खुल्छ : रक्षामन्त्री पोखरेल

कोरला नाका अविलम्ब खुल्छ : रक्षामन्त्री पोखरेल

ishwor mustan

सुन्दर कुमार थकाली, मुस्ताङ / रक्षामन्त्री ईश्वर पोखरेलले कोरला नाका अबिलम्व खोलिने बताएका छन् । उत्तरतिरका सीमित नाकाहरु मध्ये कोरलानाका मह्त्वपुर्ण नाका भएको उल्लेख गर्दै मन्त्री पोखरेलले यस नाकालाई खोल्न आवश्यक पहल गर्ने जनाएका छन् ।

रक्षामन्त्री पोखरेलले जोमसोममा रहेको सैनिक उच्चशिखर शिक्षालयको अवलोकन गर्न मुस्ताङ आएको बताइएपनि उनी आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको सुरक्षा तयारीका लागि आईतवार मुस्ताङ आएको बताईएको छ ।

सो क्रममा मन्त्री पोखरेलले सैनिक उच्चशिखर शिक्षालयमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलाई आसन्न मोदी भ्रमणको तयारी तथा सुरक्षाको पूर्ण बन्दोबस्त मिलाउन निर्देशन दिएको श्रोतले बताएको छ । सैनिक उच्चशिखर शिक्षालयमा करिव ३ घण्टा बिताएका रक्षामन्त्री पोखरेलले सुरक्षासंग जोडिएका बिषयमा बिफ्रिङ गरेको बुझिएको छ । सो अवसरमा मुस्ताङका सिडियो शिशिर पौडेलको उपस्थिती रहेको थियो ।

यसक्रममा मन्त्री पोखरेलले जोमसोमको सैनिक उच्च शिखर शिक्षालयको अवलोकन गरेका छन् । रक्षामन्त्री ईश्वर पोखरेल सहित ७ सदस्यीय प्रतिनिधि टोली नेपाली सेनाको हेलिकप्टर मार्फत आईतवार जोमसोममा आएका हुन् ।

[bs-quote quote=”रक्षामन्त्री ईश्वर पोखरेल जोमसोममा रहेको सैनिक उच्चशिखर शिक्षालयको अवलोकन गर्न मुस्ताङ आएको बताइएपनि उनी आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको सुरक्षा तयारीका लागि आईतवार मुस्ताङ आएको बताईएको छ ।” style=”style-3″ align=”right”][/bs-quote]

जोमसोमा रहेको सैनिक उच्चशिखर शिक्षालयलाई अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र बनाउने योजना रहेको खुलासा गर्दै रक्षामन्त्री पोखरेलले आगामी दिनमा पर्वतारोहरण सम्बन्धी महत्वपूर्ण शिक्षालयको रुपमा बिकास गर्ने बताए ।

शिक्षालयको अवलोकनपछि नेकपा एमाले जिल्ला कार्यसमिति मुस्ताङले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै एमाले महासचिव समेत रहेका पोखरेलले हिमालपारीको जिल्ला मुस्ताङ दुर्गम र आवत जावत गर्ने हिसाबले दुर्गम भनिएपनि बेनी–कोरला सडक बिस्तार भएपछि दुर्गम जिल्लाको सुचिमा नरहने दावी गरे । उनले बेनी,जोमसोम, कोरला सडकलाई सरकारले उच्चराष्ट्रिय प्राथमिकताका साथ काम अघि बढाईरहेको बताए ।

मन्त्री पोखरेलले संघियता कार्यान्वयको चरणमा रहेको जनाउदै बिकास योजना ३ मोडलबाट संम्पन्न हुने उल्लेख गरे । उनले अब केन्द्र, प्रदेश र स्थानीयतहले राम्ररी बुझेर मात्रै बिकास योजनालाई अघि बढाउनु पर्नेमा जोड दिए । रक्षामन्त्री पोखरेलले लामो समय देखि सरकार अस्थिर र बेथितीबाट गुज्रदै आएको स्मरण गर्दै अबको २ तिहाई प्राप्त बहुमतको सरकारले राजनीतिक स्थिरता प्राप्त गरेपछि आर्थिक बिकास र समृद्धिको ढोका उघ्रने बताए ।

मन्त्री पोखरेलले संघियता कार्यान्वयन चरणमा रहेकाले अबका योजना ३ किसिमले निर्धारण हुने उल्लेख गर्दे केन्द्र, प्रदेश र स्थानीयतहले योजनाहरु बुझेर मात्रै बिकास योजना अघि बढाउनु पर्नेमा जोड दिए । बिगतका सरकार अस्थिर र बेथितीमा गुज्रिनु परेका कारण राम्रो संग काम गर्न नपाएको उल्लेख गर्दै मन्त्री पोखरेलले अबको दुई तिहाई प्राप्त सरकारले आर्थिक बिकास र समृद्धिलाई उच्च प्राथमिकतामा राखेर काम अगाडी बढाउने प्रतिबद्धता जनाए । मन्त्री पोखरेलले जनताको जीवन र दिनचर्यालाई सुखद निर्वाचनका बेला भएका मतभेदलाई बिर्सनु पर्ने बताए ।‘मुस्ताङका जनताका एउटै चाहना हो कोरलानाका । अब त्यो अबिलम्व खुल्नेवाला छ ढुक्क हुनुहोस् ।’ मन्त्री पोखरेलले भने ।

जोमसोममा भएको एमाले कार्यकता भेटघाट कार्यक्रममा पुर्व सांसद चन्द्रबहादुर गुरुङले मुस्ताङको समृद्धि र बिकासका बारेमा मन्त्री पोखरेललाई ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ