खिलुङ कालिका एग्रो फर्मको लापरबाहीः आँधिखोलाको जलचर सखाप

खिलुङ कालिका एग्रो फर्मको लापरबाहीः आँधिखोलाको जलचर सखाप

31948578_977254569114562_3774235221830926336_n

सरोज अर्याल, स्याङ्जा / निजी फर्मको लापरबाहीका कारण आँधिखोलाको जलचर सखाप भएका छन् ।

खिलुङ कालिका एग्रो फर्मको फोहोर तथा कुखुराको सुली प्रत्यक्ष आँधिखोलमा मिसाउँदा यहाँका जलचर प्रभावित भएका छन् । भिरकोट नगरपालिकामा फर्म संञ्चालन गरिएको भएपनि उक्त फर्मले गल्याङ नगरपालिकाको तुलसिभञ्याङमा फोहोर फाल्ने कार्य गर्दै आएको थियो ।

गएराति जेसिभीको प्रयोग गरेर सुलि खोलामा मिसाउँदा आंधिखोला जलबिद्युत केन्द्र सम्मका सबै जलचर मरेका छन् । सुलिको दुर्गन्ध कम गर्न प्रयोग गरिने बिषादीका कारण खोलाका माछा मरेको हुन सक्ने प्रारम्भिक आँकलन स्थानीयले गरेका भएपनि के कारणले माछा लगायत जलचर सखाप भएको हो भन्ने अनुसन्धान भैरहेको छ ।

यस खोलाको पानी जिमुवामा सिँचाइ हुँदै कालिगण्डकीसम्म पुगेको छ । प्रशासनले माछाको सेवन र पानी सिँचाइ गर्न रोक लगाएको छ । यस पानीको असर कालीगण्डकी सम्म पर्ने सरोकारवालाको भनाई छ ।

आँधीखोलामा सुली फालेको आरोपमा खिलुङ कालिका एग्रो फर्मका सञ्चालक, कार्यकारी प्रमुख शोभाकान्त ढकाल, सुली फाल्न प्रयोग गरिएको स्काभेटर र चालक सहित अन्य दुई जना प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds