पिएन क्याम्पस गेट परिसर तनावग्रस्त, नेविसंघ र प्रहरी झडप, २ प्रहरी घाईते, अश्रुग्याँस प्रहार (भिडियो)

पिएन क्याम्पस गेट परिसर तनावग्रस्त, नेविसंघ र प्रहरी झडप, २ प्रहरी घाईते, अश्रुग्याँस प्रहार (भिडियो)

julus (4)

पोखरा । सरकारले पेट्रोलियम पद्धार्थमा गरेको चरम मूल्यवृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल काँग्रेस समर्थित विद्यार्थी संगठन नेवि संघले निकालेको मसाल जुलुसमा प्रहरीले अवरोध गरेको छ ।

यहाँकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसको गेट परिसर बगरमा अहिले तनावको अवस्था छ । साढे ६ बजेतिरबाट प्रहरी र विद्यार्थीबीच झडप भएको छ । अहिले ढुंगामुढा चलिरहेको छ ।

https://www.facebook.com/gandaknews/videos/835740449951542/

नेविसंघकी विद्यार्थी नेतृ नमुना नेपाली र समिप केसीले बोकेको मसाल प्रहरीले नियन्त्रणमा लिन खोजेपछि झडप सुरु भएको थियो । राँके जुलुस निकाल्न नदिने आदेश भन्दै प्रहरीले राँका खोस्न थालेपछि झडप भएको हो ।।

नेविसंघ विद्यार्थीहरुले मसाल बोकेर पिएन क्याम्पस गेट अगाडि सरकार विरुद्ध नारा लगाएका थिए । मूल्यवृद्धि फिर्ता गर्, ओली सरकार मुर्दाबाद नारा घन्काएका थिए ।

प्रहरीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरिसकेको घटनास्थल रहेका पत्रकार विजय नेपालीले जानकारी दिएका छन् । झडपमा प्रहरी र विद्यार्थी दर्जभन्दा बढी घाईते छन् । अहिलेसम्म दुई प्रहरी घाईते भएका छन् । एउटाको नाकमा चोट लागेको छ भने अर्का सामान्य छन् ।

प्रहरीको उपस्थिति बाक्लो बनाईएको छ । सवा ७ बजेसम्म पनि अवस्था सामान्य बन्न सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds