लालबाबुको मन्त्रालय फेरियो, संघीय मामिला तथा सामान्य प्रशासनको जिम्मेवारी, ‘सबै कर्मचारीले इमान्दारितापूर्वक काम गरौं’

लालबाबुको मन्त्रालय फेरियो, संघीय मामिला तथा सामान्य प्रशासनको जिम्मेवारी, ‘सबै कर्मचारीले इमान्दारितापूर्वक काम गरौं’

Lal

काठमाडौँ, २ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लालबाबु पण्डितले पाएका छन् । यसअघि जनसंख्या तथा वातावरणमन्त्री रहेका पण्डितले आज भएको मन्त्रिमण्डल विस्तारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

स्थानीय विकास मन्त्रालय र सामान्य प्रशासन मिलेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको हो । जिम्मेवारी पाएसँगै उनले आज मन्त्रालयमा आई कार्यभार समालेका हुन् । कार्यभार समाल्दै उनले कर्मचारीलाई मुलुकको सुशासनमा दृढ भएर लाग्न आग्रह गरे ।

उनले संघीय व्यवस्थाको जग बसाउने जिम्मेवारी यस मन्त्रालयको रहेको भन्दै सबैले इमान्दारितापूर्वक काम गरी कर्मचारीतन्त्रको व्यावसायिक मूल्यमान्यता अनुरुप काम गर्नुपर्ने बताए । उनले स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने गरी मन्त्रालयले समन्वयकारी ढंगले काम गर्नसमेत निर्देशन दिए ।

उनले स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि–२०७२ को नमूना स्वीकृत गरे । उनलाई मन्त्रालयका सचिव दिनेशकुमार थपलिया र शंकर कोइराला लगायतले स्वागत गरेका थिए ।

जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मा पाउँदा पदभार ग्रहण गर्दै मन्त्री पण्डित । तस्बिर: रासस

वातावरण मन्त्री भएकै दिनदेखि उनले वातावरणको क्षेत्रमा काम गर्ने गरी विभिन्न योजना बनाएका थिए ।

.

.

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ