तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड: वर्ष उत्कृष्ट प्रशिक्षक जिवन घिमिरे (शारिरीक सुगठन)

तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड: वर्ष उत्कृष्ट प्रशिक्षक जिवन घिमिरे (शारिरीक सुगठन)

jivan ghimire

तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट प्रशिक्षक शारिरीक सुगठनका जीवन घिमिरे घोषित भए । यस विधाको मनोनयनमा जीवनसँगै फुलकन्ट्याक्ट कराँतेका शिवबहादुर गुरुङ, क्रिकेटका रिजन प्रजु परेका थिए । उत्कृष्ट प्रशिक्षकले नगद १५ हजार प्राप्त गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक घिमिरे कुशल खेलाडी पनि थिए । २०७४ सालभरमा उच्च पदक ल्याउन सफल खेल शारीरिक सुगठनका प्रशिक्षक घिमिरेले २०४९ सालमा दशौं राष्ट्रिय बडिविल्डिङ कम्पिटिशनमा स्वर्ण जितेपछि यस खेलमा अनवरत लागेका हुन् । शारीरिक सुगठनबाटै कमल भण्डारीले अन्तर्राष्ट्रिय पदक ल्याउन सके ।

घिमिरेले २०५१ सालमा पश्चिमाञ्चल क्षेत्रीय भारोत्तोलोन च्याम्पियनशीमा स्वर्ण जिते । खेलाडी जिवनकालमा उनी शारीरिक सुगठनमा अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी समेत हुन् । सन् २००० मा आयोजित दक्षिण एशियाली खेलकुदमा फ्लाइवेटमा तेस्रो भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds