स्याङ्जामा पत्रकारलाई सम्मान

स्याङ्जामा पत्रकारलाई सम्मान

patrkar

सरोज अर्याल । स्याङ्जाका पत्रकारहरुलार्इ स्याङ्जा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

स्याङ्जा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा र शिवप्रसाद पोख्रेललार्इ शैक्षिक पुरस्कार २०७३ बाट सम्मान गरिएको छ । शैक्षिक पुरस्कार २०७४ बाट पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष अर्जुन काफ्ले र सदस्य टिकाराम अधिकारीलाई सम्मान गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले सम्मान गरिन्। मन्त्री अर्यालले पत्रकारले सत्यतामा आधारित रहेर कलम चलाउनु पर्ने बताउँदै सकारात्मक समाचार सम्प्रेषणले पत्रकारको मानसम्मान बढ्ने हुदा विश्वसनीय बन्न पत्रकारलाई आग्रह गरिन् ।

सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सिता सुन्दास, पत्रकार महासंघ जिल्लाका सदस्यहरु सहभागी थिए ।

अग्रज पत्रकार अनिता बिन्दुको बाबुको स्मृतिमा स्थापित शिवप्रसाद पोख्रेल शैक्षिक पत्रकारिता पुरस्कार प्रत्येक बर्ष जिल्लाका क्रियाशिल सञ्चारकर्मीलाई सम्मान गरिँदै आएको छ ।

दुई वर्षको पुरस्कार एकैसाथ प्रदान गरिएको हो । बि। सं २०५२ साल असोज ९ गते बिद्यालयको तलब लिएर घर जाँदै गर्दा बाटोमा केही लुटेरा गुण्डाहरुले पोख्रेलको हत्या गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds