कागबेनीमा जीप पल्टियो, एक घाईते

कागबेनीमा जीप पल्टियो, एक घाईते

acc (1)

सुन्दर कुमार थकाली, मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कागबेनीमा जीप दुर्घटना भएको छ ।

उपल्लो मुस्ताङको भ्रमण सकेर छुसाङ हुँदै जोमसोमतर्फ आउँदै गरेको बा १ ञ ७८४ नम्बर हरियो नम्बर प्लेटको लैण्डकुजर जीप दिउँसो ३ः३० बजे कागबेनीको कालोभीरको सडकमै पल्टिएको पत्रकार महासंघ मुस्ताङका उपाध्यक्ष सम्झना थकालीले जानकारी दिईन् ।

उनका अनुसार कागबेनीबाट छुसाङ तर्फ गइरहेको मालबाहक ट्रकलाई देखेर साईड लगाउने क्रमा ब्रेक फेल भएको हो ।

दुई नेपाली गाईड र ७ जना बिदेशी रहेको उक्त हरियो प्लेटको जीपमा सवार १ जना बिदेशी सामान्य घाईते भएको बताईएको छ । घाईते बिदेशीलाई जिसस मुस्ताङको जीपमा जोमसोम ल्याईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ