बेलायतमा राजु ढकालले सम्झाए देवी घर्तीलाई ‘कसम खाएको’ कुरा (भिडियो)

बेलायतमा राजु ढकालले सम्झाए देवी घर्तीलाई ‘कसम खाएको’ कुरा (भिडियो)

raju devi

गण्डक न्युज पोखरा, ११ चैत / लोकप्रिय युगल कलाकार देवी घर्ती र राजु ढकालले पञ्चेबाजाको कोशेली बजारमा ल्याएका छन् ।

यी जोडीको स्वर रहेको कसम खाएको बोलको गीतको शब्द सुजन लम्सालको हो भने लय राजु ढकालको हो । बेलायतमा छाँयाकन गरिएको भिडियो निकै सुन्दर बनेको छ ।

भिडियोमा दिपक, सुमन र जानकीलाई देख्न सकिन्छ । राजु ढकालले नै निर्देशन गरेको भिडियो टिका अधिकारीले खिचेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका छन् । आशय डिजिटल प्रालिले भिडियो बजारमा ल्याएको हो । पोस्ट प्रडक्शन एडभेञ्चर फिल्मको हो ।

गीतमा प्रेमी प्रेमिकाले प्रेमसम्बन्धमा रहँदा खाएका कसम, रोधी घर गएको स्मरण गर्दै अब वैवाहिक जीवनमा प्रवेश गर्न आतुर रहेका जस्ता शब्द समेटिएका छन् । चर्चित जोडी राजु र देवीका सबै गीत चर्चित छन् ।

गीत र भिडियो तयार पार्नका लागि कृष्ण ढकाल, कमला ढकाल, अमर साहनी, देवी साहनी, अजय सुवेदी, निरजा सुवेदी, तुलक रेग्मी, रमा रेग्मी, चन्द्र साहनी, सीता खरेल, भोजराज भण्डारी, रामप्रसाद न्यौपाने, नन्द सापकोटा, सीता पौडेल, सरस्वती थापा, रन नेपाली, गीता थापा, बोमबहादुर नेपाली, पार्वती भण्डारी भेमा खत्री, लीला थापा, राम साहनी, प्रदीप साहनी, शान्ति नेपाली समाज बेलायतका पदाधिकारीको सहयोग रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ