तनहुँमा खोलाले बगाउँदा एक जनाको मृत्यु एक वेपत्ता

तनहुँमा खोलाले बगाउँदा एक जनाको मृत्यु एक वेपत्ता

badi

तनहुँ ।  तनहुँमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना वेपत्ता भएका छन् । शुक्लागण्डकी नगरपालिका वडा नं. ११ गोल्मे स्थित साँखे खोला तर्ने क्रममा सोमबार साँझ स्थानीय ५० वर्षीय निल बहादुर गुरुङ घाइते अवस्थामा उद्धार गरिएको थियो ।

बगाएको स्थान देखी अन्दाजी ५०० मिटर तल पुर्याएको अवस्थामा उनलाई स्थानीय र प्रहरीले तत्काल उद्धार गरी स्थानीय फूलबारी अस्पताल साँखेमा उपचारका लागि लगेका र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, भिमाद नगरपालिकाको वडा नं. ८ सिम्ले बस्ने करिब ५५ वर्षीय याम बहादुर कुमाललाई सेती नदीमा आएको बाढीले बगाएर वेपत्ता बनाएको छ । प्रहरी र स्थानीयहरुले उनको खोजी कार्य तीब्र पारेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ