यी कारणले हुन्छ किड्नी ड्यामेज

यी कारणले हुन्छ किड्नी ड्यामेज

kidney-660×330

रोगबाट बच्ने एउटा महत्वपूर्ण तरिका स्वस्थ जीवनशैली हो । शरिरको स्वास्थ्य विग्रनुमा हामीले भाग्यलाई दोष दिन्छौ । तर कहिलेकाँही हामी अस्वस्थ जीवनशैली यापन गछौं । जसले हाम्रो आन्तरिक अंगहरुमा समेत नराम्रो असर गर्छ । शरिरको महत्वपूर्ण अगंहरुमध्ये किड्नी प्रमुख अंग हो तथापी शरिरलाई स्वस्थ राख्न सबै अंगको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।

कोखमा हुने यस अंगले रगतमा इलेक्ट्रोलाईट नियन्त्रण गर्न मुख्य भूमिका खेलेको हुन्छ । किड्नीले शरिरबाट अनावश्यक चीजलाई फालिदिन्छ (विषादी लगायतका हानिकारका चिज )। किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । किड्नी फेलका धेरै कारण हुन्छन् । कहिलेकाही किड्नीमा चोट लागेर पनि किड्नी फेल हुन्छ । त्यस्तै न्यून रक्तचाप, शल्यक्रियाको साईड इफेक्ट लगायतका कारणले किड्नीमा गम्भीर हानी गर्छ । किड्नी फेलका सामान्य कारण यस्ता छनः

पर्याप्त पानी नपिउनु

हामीमध्ये धेरैले प्रर्याप्त पानी पिउन बिर्सन्छौं । एउटा बयस्कले कम्तिमा पनि दिनमा पाँच लिटर पानी पिउनुपर्छ । बालबालिका र युवायुवतीदेखि बृद्धबद्धाले प्रर्याप्त पानी पिउनुपर्छ । पानी कम हुँदा शरिरमा डिहाईड्रेसन हुन्छ । डिहाईड्रेसनले किड्नी स्टेन र किड्नीलाई ड्यामेज गराउछ ।

पिसाब रोक्नु

काममा व्यस्त हुदाँ वा भनेको बेला शौचालय नपाउदा वा गाडीमा यात्रा गर्दा धेरै मानिसले पिसाब रोक्ने गर्छन् । तर यसले किडनीलाई नराम्रो हानी गर्छ । पिसाब जम्मा हुदाँ किड्नीमा व्याक्टेरिया जम्मा हुन्छ, जसका कारण किड्नीमा संक्रमण हुन्छ र बिस्तारै किड्नी विग्रन्छ ।

अत्यधिक प्रोटिन

शरिरमा अत्यधिक मात्रामा प्रोटिन भयो भने पनि किड्नी फेल हुन्छ ।

नुनको मात्रा बढी

नियमित रुपमा नुनिला खानेकुरा खादा रगतमा इलेक्ट्रोलाईटको सन्तुलनलाई नियन्त्रण गर्न किड्नीले धेरै काम गर्नुपर्ने हुन्छ ।

पेनकिलरको नियमित प्रयोग

नियमित रुपमा पेनकिलर खाँदा किड्नीमा रगतको प्रबाहलाई सिमित गरिदिन्छ र किड्नीमा दिर्घकालिन असर गर्छ ।

अत्यधिक मदिरा

अत्यधिक मात्रमा मदिरा पिउदा रक्त प्रबामा उच्च मात्रामा युरिक एसिड उत्पन्न हुन्छ जसका कारण किड्नीलाई अशर गर्छ र किड्नी फेल हुन्छ ।

संक्रमणप्रति अज्ञानता

निश्चित संक्रमण जस्तै भाइरल फ्लु, टन्सिल, पेटसँगसम्बन्धि संक्रमणले कहिलेकाही किड्नीलाई अशर गर्छ । किनकी यी संक्रमण शरिरबाट हट्नका लागि किड्नी भएर जानुपर्ने हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds