मैले किमलाई ‘पुड्के र मोटे’ भनेको छैन, उनी किन मलाई ‘बुढो’ भन्छन्: ट्रम्प

मैले किमलाई ‘पुड्के र मोटे’ भनेको छैन, उनी किन मलाई ‘बुढो’ भन्छन्: ट्रम्प

trump-and-kim

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको साथी बन्न आफूले धेरै मेहनत गरेको बताएका छन्।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा उनले कुनै दिन आफूहरू साथी बन्नेमा आशावादी रहेको पनि उल्लेख गरेका छन्।

‘किम किन मलाई बुढो भनेर बदनाम गर्छन्,’ एसिया भ्रमणका क्रममा भियतनाममा रहेका ट्रम्पले लेखेका छन्, ‘मैले त उनलाई कहिल्यै पनि पुड्के र मोटे भनेको छैन।’

यसअघि दक्षिण कोरियाको भ्रमणका क्रममा ट्रम्पले उत्तरको आणविक कार्यक्रमलाई लक्षित गर्दै त्यो उसैका लागि घातक हुने बताएका थिए।

त्यसको जवाफमा शनिबार उत्तर कोरियाली विदेश मन्त्रालयले ट्रम्पजस्ता ‘बुढा पागल’ ले भन्दैमा आफ्नो आणविक कार्यक्रम नरोकिने बताएको थियो।

यसैबीच आजै राष्ट्रपति ट्रम्प र रुसी समकक्षी भलाद्मिर पुटिनबीच भियतनाममा भेट भएको छ।

ट्रम्पले भेटमा सिरिया संकटबारे छलफल भएको र उत्तर कोरियाको समस्या समाधान गर्न सहयोग गर्ने आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ