कोरला सडकमा २५ पुल

कोरला सडकमा २५ पुल

gandak

सुन्दर कुमार थकाली, मुस्ताङ । उत्तर दक्षिण व्यापारिकमार्ग बिस्तारित आयोजना अन्तर्गत बहुचर्चित कालिगण्डकी करिडोरको बेनी – जोमसोम – कोरला सडकखण्डमा २३ वटा पक्की मोटरेबलपुल निर्माण हुने भएको छ । जसमध्ये ८ वटाको काम भईरहेको र १५ वटा पुलको काम आगामी आर्थिक वर्षमा सुरु गरिने करिडोरले जनाएको छ। यस बाहेक सडक विभाग पुल सेक्टर आयोजनाले थप २ वटा पक्की पुलको निर्माण गने जनाएको छ । यसअघि डोलिडारले कोरला जोड्ने छुसाङ÷चैले पक्की पुलको निर्माणको काम गर्दे आएको छ ।

कालिगण्डकी करिडोर अन्तर्गत बेनी÷ कोरला सडकमा कुल २५ वटा पक्की पुलको आवश्यकता पर्ने आायोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार निर्माणको क्रममा रहेको बाँकी पुलहरुको डिपिआर सेर्वे तथा डिजाईनको काम भईरहेको जनाए । करिडोरले बेनी जोमसोम ७८ किलोमिटर सडकखण्ड अन्तर्गत म्याग्दीको राहुखोला, बेगखोला, घट्टेखोला, खहरेखोला र काईको खोला, मुस्ताङतर्फ लेते खोला, छाक्ताङ खोला, बोक्सी खोला, लार्जुङ खोला, टुकुचे खोला, मार्फा खोला र स्याङ खोलामा पुल निर्माण गर्ने भएको हो ।

त्यस्तै जोमसोम-कोरला सडकखण्डको १ सय १० किलोमिटर सडकमा निर्माण र निर्माणधिन पक्कीपुलमा लुप्रापान्डा खोला, कागबेनीखोला, छुसाङ खोला, घमी खोला, चराङ खोला, लोमान्थाङ खोला, किमलिङ खोला, नाम्थोक खोला र भर्मा खोला रहेको आयोजना प्रमुख नरेन्द्र सुवेदीको भनाई छ । उनले बेनी जोमसोम सडकमा ७ वटा र जोमसोम कोरलामा ८ वटा पक्की पुल निर्माण हुने जनाए ।

सडक विभाग पुल सेक्टर आयोजनाले कालिगण्डकी करिडोरको बेनी जोमसोम सडकखण्डको म्याग्दीको तिप्ल्याङ र पोखरे बगरमा पक्की पुल निर्माण गर्ने भएको ईन्जिनीयर जगत प्रजापतीले जानकारी दिए ।ईन्जिनीयर प्रजापतीका अनुसार करिडोर अन्तर्गत निर्माणधिन लुप्रा पान्डाखोला मोटरेबल पुलको काम ९० प्रतिशत काम संम्पन्न भएको छ ।लोकप्रिय शङ्करमाली जेभीले ४ करोड ७ लाख लागतमा निर्माणको जिम्मा लिएको हो ।उक्त पुलको काम ०७४साल असार ३० मा संम्पन्न गनुपर्ने भएपनि कम्पनीको काम २२ महिना लम्बिएको प्रजापतीले जनाए ।‘पुलमा एप्रोज रोड बनाउने र नदी नियन्त्रणको काम बाँकी छ’उनले भने‘चालु आर्थिक वर्ष भित्रै पुलको सबैकाम सकिन्छ,खोला बढ्नु अगावै पुलबाट मुक्तिनाथ र लोमान्थाङ जाने सवारी वारपार गर्न सक्छन्।’ उनले पुलको लम्बाई ५० मिटर र चौडाई ७ मिटरको जनाए ।

करिडोर अन्तर्गत निर्माणधिन स्याङ खोला पक्की पुलको काम ५१ प्रतिशत सकिएको छ ।निर्माण कम्पनीले १० करोड ५२ लाख लागतमा ०७१ साल चैत्र १६ गते निर्माणको जिम्मा लिएको हो । साढे ३ वर्ष सम्झौता अवधि तोकिएको उक्त पुलको समयसिमा भाद्र ५ गते सकिदै छ ।दुईलेनमा निर्माण गर्न लागिएको पुलको लम्बाई १ सय १५ मिटरको छ,भने चौडाई ११ मिटर छ ।यस पुलमा फाउन्डेसन,सवस्टक्चरको काम सकिएको ईन्जिनीयर प्रजापतीले जानकारी दिए ।यस्तै कागबेनीखोला पुलको काम पनि ३० प्रतिशत सकिएको प्रजापतीले बताए ।उनका अनुसार काल्वा रफिता निमार्ण जेभीले ३ करोड १२ लाख लागतमा निर्माणको जिम्मा लिएको हो ।दुईलेनमा निर्माण हुन लागेको पुलको लम्बाई २५ मिटर र चौडाई ११ मिटरको छ । उनले उक्त पुल ०७३ साल असार २९ गते सुरु गरिएको र यसको सम्झौता अविधि १८ महिना रहेको जनाए ।

यता,जिल्ला प्रशासन कार्यालय मुस्ताङले तोकिएको समयसिमामा नसकिएका र निर्माणधिन अवस्थामा रहेका आयोजनाका सम्विन्धित निकायका प्रतिनिधिलाई समयमा काम सक्नेगरि निर्देशनको तयारी थालेको छ ।प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलको अध्यक्षतामा बसेको बैठकले पान्डाखोला पुलका साईड ईन्चार्ज गणेश कार्की,कागबेनी खोलाका साईड ईन्चार्ज केदार दाहाल र कागबेनीदेखि मुक्तिनाथ जाने २ किलोमिटर कालोपत्रे गर्ने जिम्मा लिएका ठेकेदार सन्त नेपालीलाई जिल्ला प्रशासन कार्यालयमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।त्यस्तै जिल्ला प्रशासनले कालिगण्डकी करिडोर र जिल्ला प्राविधिक कार्यालयलाई ढिलासुस्ती गरेर समस्या सृजना गराई उपस्थित नहुने अन्य ठेकेदारहरुलाई समेत ७ दिनभित्र कार्यालयमा उपस्थित गर्न गराउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds