२४ डलर जम्मा गर्न २४ घण्टा लाइनमा ! (फोटो फिचर), देश बनाउने कसले? देश बन्ने कहिले? कठै देश

२४ डलर जम्मा गर्न २४ घण्टा लाइनमा ! (फोटो फिचर), देश बनाउने कसले? देश बन्ने कहिले? कठै देश

Line

पोखरा, ९ चैत । रोजगारीका लागि कोरिया जानेहरुका लागि रोजगार अनुमति प्रणाली (ईपिएस टपिक) परीक्षाको आवेदन  खुलेको छ ।

वैदेशिक रोजगार विभागको ईपीएस टपिक कोरिया शाखाका अनुसार इच्छुकहरुले चैत १७ गतेसम्म आवेदन भर्न सक्ने जनाएको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन पाउनेछन् ।

ईपीएस टपिक नेपालको वेवसाइटबाट नै अनलाइनबाटै आवेदन भर्न सकिने भएपनि बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता कायमै छ । भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ ।

इटहरीमा लागेको कोरिया जान चाहने युवतीको लाइन

आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ । आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गर्न सकिनेछ ।

यसपटक ७ हजार एकसय जना उत्तीर्ण गर्ने तयारी छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३ सय कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । पोखरामा मात्रै ९ हजारभन्दा बढीले कोरिया भाषा पढिरहेका छन् ।

स्याङजा, पर्वत, गोरखा, बागलुङ, म्याग्दी, तनहुँ, लमजुङ लगायतका जिल्लाका परीक्षार्थीले पनि पोखराबाट नै आवेदन दिनेछन् । यो क्षेत्रमा मात्रै झण्डै १५ हजार परीक्षार्थी छन् । पोखरामा फाराम भर्न नपाएकाहरु काठमाण्डौं जानुपर्नेछ ।

काठमाण्डौमा राति यसरी कुर्दैछन् युवा । तस्विर: नारायण महर्जन

गत वर्षको समाचार

निलो अक्षर क्लिक गर्नुहोस् >

अनलाइन हुँदा पनि लाइन

.

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds