कुखुरा पाल्नेलाई भन्दा काट्नेलाई फाईदा !

कुखुरा पाल्नेलाई भन्दा काट्नेलाई फाईदा !

kukhura-palan-pic2

अश्विन दानी, गोरखा । कुखुरा काटेर बेच्ने भन्दा कुखुरा पाल्नेलाई कम फाइदा छ भन्दा अचम्म पर्नुहोला । हो, कुखुरा र यसको मासुको मूल्य निर्धारण गर्ने निकाय नहुँदा बढी श्रम गर्ने र लामो समयसम्म मेहनत गर्ने कुखुरापालक मर्कामा परेका छन् ।

गोरखामा मासुको मुल्य निर्धारण गर्ने कुनै निकाय नहुँदा कुुखुरा पालकहरुले कम आम्दानी गर्दै आइरहेका छन् । मासुको मुल्य निर्धारण गर्ने निकाय नभएकाले मासु ब्यबसायीहरुले मनपर्दी मुल्य निर्धारण गर्ने गरेकाले कुखुरा ब्यबसायीहुले घाटा ब्यहोर्ने गरेको कुखुरा पालकहरु बताउँछन् ।

सातसमुन्द्रपारी दुबैमा पाँच बर्षसम्म पसिना बेचेर २०७१ सालमा नेपाल फर्किएर गोरखा नगरपालिका ३ घलाङका आनन्द खड्काले ब्यबसायिक कुखुरा पालन सुरु गरेको बताउँछन् । ब्यबसाय सञ्चालन गरेपनि मास’को उचित मुल्य नपाएपछि उनी अलि दोधारमा छन् ।

‘बिदेशमा त बरु दुख गरे अनुसारको मुल्य पाईन्थ्यो’ खड्का भन्छन् ‘मासु ब्यबसायीहुले उनीहरुकै खुसीमा मुल्य तोक्छन् । देशमै केही गरौँ भनेर आयो समस्या ज्यूँको त्यूँ । आफ्नो देशमा दिनरात खटिरहँदा पनि उचित मुल्य निर्धारण नहुँदा घाटा ब्यहोर्नु पर्छ ।’

फाईदा हुन्छ भनेर गरेको ब्यवसाय कहिलेकाहीँ लगानी पनि नउठ्दा निराश हुनु परेको उनको भनाई छ । ‘केही फाईदा होला भनेर दिनरात खट्यो मासु ब्यसायीसँग हिसाव गरेर फाईदा लिन जाँदा क्रृण बोकेर फर्कनु पर्छ’ उनले भने ‘मासु ब्यबसायीहरुले आफ्नै मनोमानीमा मुल्य तोक्ने गरेपछि श्रमको मुल्य नपाएको उनको गुनासो छ ।

कुखुरा पालकले मासुको उचित मुल्य नपाएर घाटा ब्यहोरी रहँदापनि गोरखा बजारमा मुल्य यथावत नै रहने गरेको छ ।
‘मास’ ब्यबसायीहरुले कुखुरा लगेर हिसाव बुझ्न नबोलाएसम्म यो पटक कुन भाउमा कुखुरा बेचियो भन्ने पनि थाहा हुँदैन्’ सोही ठाउँका अर्का कुखुरा ब्यबसायी श्रेत्रबहादुर दानी भन्छन् ‘मैले कुखुरा बेचेको एक हप्ता मात्रै भयो । अहिले बजारमा मासुको मुल्य प्रति केजि तीन सय रुपैँया छ । तर, मैले मासु ब्यबसायीले प्रति केजि एक सय ६५ रुपैँया मात्रै दिने भनेका छन् ।’ ब्यापारीहरुले आफ्नो हिसाबले मुल्य तोक्दा कुखुरा पाल्नेहरु समस्यामा परेको उनको भनाई छ । ‘ कुखुरा फर्मबाट लगभग एक घण्टा टाढा आईपुगेपछि कुखुराको मुल्य दोब्बर जस्तै हुन्छ । अनि हामी भने सधैँ घाटा ब्यहोरी राख्नु पर्ने’ उनी भन्छन् ।

गोरखा मासुको मुल्य निर्धारण गर्ने कुनै समिति नभएको उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष जीवन ज्वोती श्रेष्ठले बताए । ‘वडा दशैँको समयमा उद्योग बाणिज्यले मासुको मुल्य निर्धारण गर्छ’ उनले भने ‘अन्य समयमा मासु ब्यबसायीहरुले आफुखुसी मुल्य तोकी रहेका छन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ