नाजिरलाई पोखरेलीले ‘कुरुप हाँस’ मन पराउने विश्वास

नाजिरलाई पोखरेलीले ‘कुरुप हाँस’ मन पराउने विश्वास

najir

रञ्जन अधिकारी । पंक्षीको कथा मार्फत पहिचानको खोजीलाई विम्वात्मक शैलीमा सुप्रख्यात डेनिस कथाकार हान्स क्रिश्चियन एन्डरसनले उतारेको कथा हो ‘द अग्ली डकलिङ’ (कुरुप टिउरो) ।

सन् १८४४ मा प्रकाशित उक्त सर्वकालिक कथालाई नेपालका युवा नाट्यकर्मी नाजिर हुसेनले बेजोड नाटकमा रुपान्तरण र निर्देशन गरे । र नाटकको नाम रह्यो ‘कुरुप हाँस’

कथामा सेतो हाँस र उसले कोरलेको अण्डाबाट निस्किएको टिउराहरुको रंग, व्यवहार र स्वभावलाई उतारिएको छ । जसमा रंगभेदलाई नजिकबाट बिम्बको प्रयोग गरिएको छ । सेतो हाँसले कोरलेको अण्डामध्ये एउटाबाट अरुभन्दा ढिलो गरेर कालो टिउरो जन्मिन्छ, जसलाई सेता टिउराहरुले आफ्नो समूहमा स्विरका गर्दैनन् ।

कठोर प्रयासपछि बल्ल ऊ समाहित हुन्छ । हिन्दु आमा, मुसलमान बाबु, मधेशमा जन्म, पहाडमा कर्म । यही समाजमा संघर्ष गर्दाको अनुभवलाई कथामा मिसाएका छन् नाजिरले । थियटरबाट सिनेमाको पर्दामा छाएका नाजिरले आफ्नो आत्मसंघर्ष सहितको मिसावटले उक्त नाटकलाई सशक्त बनाएका छन् ।

काठमाण्डौमा लामो समय उत्साहप्रद प्रदर्शन पछि नाटक कुरुप हाँस पोखरेलीमाझ प्रस्तुत हुँदैछ । पोखराकी फ्लोरेन्स कार्कीले यो तारतम्य मिलाएकी हुन् ।

नाजिरको परिकल्पना र निर्देशनमा मञ्चन हुने यो नाटक असार १ गतेदेखि ३ गतेसम्म ३ दिन दिउँसो १ बजे र सााझ ५ः३० बजे पोखरा गैह्रापाटनस्थित पोखरा थिएटरमा मञ्चन हुने पोखरामा मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । नाटक यसअघि वैशाख २८ गतेदेखि जेठको २० गतेसम्म काठमाडौंस्थित मण्डलानाटकघरमा मञ्चन भएको थियो।

[bs-quote quote=”‘म तराईबासी हुँ, मलाई पनि क्षेत्रीय र रंगभेदी विभेद भएको छ, बोलीले सिधै त विभेद गरेका छैनन्, तर मलाई पनि घुमाउरो पाराले क्षेत्रीय र रंगभेदी ब्यवहार भएको छ ।\'” style=”style-2″ align=”left” author_name=”नाजिर हुसेन” author_job=”निर्देशक, \’नाटकः कुरुप हाँस\'” author_avatar=”http://gandaknews.com/wp-content/uploads/2018/06/najir.jpg” author_link=”https://www.facebook.com/najir.md”][/bs-quote]

लजालु तर चञ्चले स्वभाका नाजिर आफैं कुरुप हाँसको प्रमुख भूमिकामा छन् । हाँसको आमाको अभिनयमा विजया कार्की छिन् । मिलन कार्की, विनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ अरु पात्र हुन् ।

औंलामा गन्न सकिने बाहेक संवादरहित शैलीमा एक घण्टा १० मिनेटसम्म संकेत, हाउभाउ र संगीतका माध्यमबाट कुरुप हाँसलाई दर्शकमाझ प्रस्तुत गरिन्छ । कथा भन्न कन्टेम्प्ररी डान्स र्फमको समेत प्रयोग गरिएको छ ।

उनले कथाको हाँसहरुमा जस्तै हाम्रो समाजमा मान्छेले मान्छेलाई नै रुप, रंग, जात, धर्म वा लिंगका अधारमा हुने गरेका विभेदलाई बिम्बात्मक रुपमा देखाउने प्रयास गरेको बताए । नाटकमा कतिपय आफ्ना भोगाईहरु पनि मिसिएको नाजिरले बताए ।

कलाकार नाजिरले आफूमाथि पनि रंगभेदको विभेद भएको बताएका छन् । पत्रकार भेटघाटमा बोल्दै नाजिरले नेपाली चलचित्रको क्षेत्रमा आफूमाथि क्षेत्रीय र रंगभेदी विभेद भएको बताएका हुन् ।

बोलीले प्रत्यक्ष रुपमा नभए पनि घुमाउरो पाराले आफूमाथि रंगभेदी ब्यवहार भएको बताउँदै उनले भने, ‘म तराईबासी हुँ, मलाई पनि क्षेत्रीय र रंगभेदी विभेद भएको छ, बोलीले सिधै त विभेद गरेका छैनन्, तर मलाई पनि घुमाउरो पाराले क्षेत्रीय र रंगभेदी ब्यवहार भएको छ ।’

नाजिरले नाटक ‘कुरुप हाँस’ले आफ्नो जीवनमा महत्व राख्ने बताए । तीन वर्षको मेहनत रहेको आफूद्वारा पहिलोपटक निर्देशित यो नाटकले आफ्नो करियर कता लैजाने भन्नेबारेमा निक्यौंल गर्ने उनले बताए । नाटकबाट चलचित्रमा प्रवेश गरेका नाजिरले नाटक छोड्न नसक्ने बताए । उनले भने, ‘म नाटक छोड्न सक्दिनँ, म जहिलेसम्म बाँच्छु तैलेसम्म नाटक खेल्छु ।’

नाटक संयोजक फ्लोरेन्स कार्कीले कलात्मक सहर पोखराका कला पारखीहरुलाई देखाउन नाटक लिएर पोखरा आएको बताइन् । पोखरा थिएटरका निर्देशक परिवर्तनले नियमित नाटक भन्दा यो नाटकका लागि टिकट दर केहि महंगो बनाइएको बताए । उनका अनुसार यसअघि १ सय, ३ सय ५ सयको टिकट दर राखिन्थ्यो भने यो नाटकका लागि २ सय, ५ सय र एक हजार टिकट राखिएको छ ।

वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनले पछिल्लो समय कलाको सम्मान हुन थालेकोमा खुशी प्रकट गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ