तनहुँको घाँसीकुवाबाट १३२ थान लागुऔषध सहित २ जना पक्राउ

तनहुँको घाँसीकुवाबाट १३२ थान लागुऔषध सहित २ जना पक्राउ

Ghansikuwa lagu pakrau

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं.१२ घाँसिकुवा बाट २ जना सोमबार लागुऔषध सहित पक्राउ परेका छन् ।

लागुऔषध सहित पक्राउ पर्नेहरुमा दोलखा सुरी स्थायी घर भई कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ बस्ने २६ वर्षीय सागर खड्का र पोखरा लेखनाथ महानगरपालिका वडा नं. २ बस्ने वर्ष १६ की रोजी राना रहेका छन ।

दमौली बजार र आसपासका क्षेत्रहरुमा गाडीद्वारा गस्ती तथा निग्रानी गर्दै हिड्ने क्रममा सोमबार बिहान ४:३० बजेको समयमा उनीहरु लाइ प्रहरीले पक्राउ गरेको हो । शंकास्पद रुपमा भेटिएका खड्का र रानालाई नियन्त्रणमा लिई उनीहरुले शरिर तथा साथमा रहेको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा अबैध लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनीहरुको साथ बाट डाइजेपामको शिशि ४४ थान, फेनरागनको शिशी ४४ थान र नुफिनको शिशी ४४ गरी जम्मा १३२ थान लागुऔषध र मोबाईल सेट थान २ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरु लाइ पक्राउ गरी लागु औषध मुद्दामा जिल्ला अदातल तनहुँमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ